असार २३, २०८२ सोमबार July 7, 2025

अर्को महामारीका लागि तयार रहन विश्व स्वास्थ्य संगठनको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संसारले कोरोना भाइरस महामारीपछि अर्को महामारीसंग लड्न तयार रहनुपर्ने चेतावनी दिएको छ । संगठनका प्रमुख डा.टेड्रोस एड्हानोम गेहब्रेयससले सोमबार भने की संसारले अर्को महामारीको लागि राम्रोसँग तयार रहनुपर्छ ।

विश्वका सबै मुलुकहरुले सार्वजनिक स्वास्थ्यमा लगानी गर्न पनि उनले आह्वान गरे । डब्लुएचओको जेनेभास्थित मुख्यालयको प्रेस ब्रिफिङमा टेड्रोसले भने, ’कोरोनाभाइरस संसारको अन्तिम महामारी होइन, इतिहासले प्रकोप र महामारी जीवनको एक तथ्य हो भनेर सिकाएको छ।’

त्यसैगरी, संसारमा अब अर्को महामारी आउँछ त्यसको लागि विश्वले अहिलेको तुलनामा भन्दा थप सचेत र तयारी अवस्थामा रहनुपर्ने समेत उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया