मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

कोशी प्रदेशमा खोरत रोगविरुद्ध निःशुल्क खोप अभियान सुरु

झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारीका साथ अभियान शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

विराटनगर । कोशी प्रदेशलाई खोरेत रोगमुक्त बनाउने कार्यक्रमअन्तर्गत गाई भैँसी तथा चौपायालाई निःशुल्क खोप लगाउने अभियान विराटनगरबाट सुरु भएको छ ।

विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहयोगमा ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ आजदेखि सुरु भएको हो ।

विराटनगर महानगरपालिकाको वडा नं १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा एक कार्यक्रमका साथ सुरु भएको सो अभियान सफल बनाउन सम्बद्ध क्षेत्रका विज्ञ तथा अधिकारीहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कोशी प्रदेश खोरेतमुक्त अभियानः गाई–भैँसीलाई निःशुल्क खोपसो अभियानअन्तर्गत पहिलो चरणमा विराटनगर महानगरपालिकाभित्रका २१ हजार ६०० गाई भैँसीलाई खोप दिइसकेपछि क्रमशः सबै जिल्ला हुँदै कोशी प्रदेशस्थित १३७ वटै पालिकाका पशु चौपायालाई खोप दिने कार्यक्रम रहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा सुशीलकुमार अधिकारीले जानकारी दिनुभयो ।

इलाम जिल्लालाई यसअघि नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारीका साथ अभियान बढाइएको निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

कोशी प्रदेश सरकारको खोरेत रोगविरुद्ध भ्यास्किन लगाउने अभियानले पशुपालन व्यवसायलाई आधुनिक, सुरक्षित र दिगो बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै खोप कार्यक्रमलाई सफल बनाउने अभियानमा साथ दिन सम्बद्ध सबैसँग प्रदेश सरकारले अनुरोध गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल खुला विश्वविद्यालयमा भर्ना खुल्यो, MBA का लागि २.५ CGPA अनिवार्य
२०८३ मंग्सिर ६, आइतबार
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ
२०८३ मंग्सिर ६, आइतबार
चेपाङ विद्यालयका १३० विद्यार्थीलाई सांग्रिला बैंकको शैक्षिक सामग्री सहयोग
२०८३ मंग्सिर ६, आइतबार
मधेसका मुख्यमन्त्री यादवले लिए शपथ
२०८३ मंग्सिर ६, आइतबार
सुनचाँदीको मूल्यमा आजपनि भारी गिरावट
२०८३ मंग्सिर ६, आइतबार
शाहरुखको ‘किङ’ को ट्रेलर डिसेम्बर १४ मा आउने, छाेरी सुहाना पनि देखिने
२०८३ मंग्सिर ६, आइतबार
आधारभूत तहमा लिखित परीक्षा बन्द गर्न तुलसीपुरको निर्देशन
२०८३ मंग्सिर ६, आइतबार