मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

प्रधानमन्त्री कप क्रिकेट छनोटः पञ्चकोटी क्लब विजयी

आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बैतडी। प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पञ्चकोटी क्रिकेट क्लब विजयी भएको छ । पञ्चकोटीले कालाशैनी क्रिकेट क्लबलाई २०६ रनले जितेको हो ।

जितका लागि २८३ रनको लक्ष्य पछ्याएको कालाशैनीको पारी १७ दशमलव ३ ओभरमा ७६ रनमा समेटियो । उसका लागि दिनेश चन्दले अविजित ३४ रन जोडे । बलिङतर्फ पञ्चकोटीका कमल बुडालले ४ विकेट लिए ।

यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पञ्चकोटीले ३६ ओभरमा सवै विकेट गुमाउँदै २८२ रन बनायो । उसका लागि लोकेन्द्र चन्द र जीवन कार्कीले अर्धशतकीय पारी खेले ।

लोकेन्द्रले ९३ र जीवनले ६४ रनको योगदान दिए । यस्तै सुदीप कार्कीले अविजित ३४ रन बनाए । लोकेन्द्रलाई प्लेयर अफ दी म्याच घोषित गरिएको स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए । बलिङतर्फ कालाशैनीका पङ्कज चन्द र टेकेन्द्र चन्दले चार चार विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही कात्तिक २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा १२ टोली सहभागी छन् । आगामी मङ्सिर ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिए ।

प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने सङ्घका जिल्ला अध्यक्ष विनोदबहादुर चन्दले बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार