भाद्र ७, २०८३ आइतबार August 23, 2026

बिमा सूचना केन्द्र स्थापना गर्ने तयारी

प्रारम्भिक मस्यौदा परिमार्जन गरी केन्द्र स्थापनाको कार्य छिट्टै अघि बढाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बिमा सूचना केन्द्र स्थापना गर्ने विषयमा सरोकारवालाबीच सहमति भएको छ । नेपाल बिमा प्राधिकरणले आयोजना गरेको छलफल कार्यक्रमबाट प्राप्त राय–सुझावका आधारमा प्रारम्भिक मस्यौदा परिमार्जन गरी केन्द्र स्थापनाको कार्य छिट्टै अघि बढाइने भएको हो ।

नेपाल बिमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बिमा सूचना केन्द्र स्थापना तथा सञ्चालनसम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको हो । बिमा ऐन, २०७९ बमोजिम बिमा कम्पनी, लघु बिमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरी राय–सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले बिमा क्षेत्र विस्तार हुँदै गएको सन्दर्भमा छरिएका सूचनालाई एकीकृत गर्न तथा गलत क्रियाकलाप पहिचान गरी नियन्त्रण गर्न सूचना केन्द्र आवश्यक रहेको बताउनुभयो । उहाँले बीमक, बीमितलगायत सबै सरोकारवालाको हितका लागि बिमा सूचना केन्द्रको स्थापनाको प्रक्रिया शीघ्र अघि बढाइने जानकारी दिनुभयो ।

पूर्वमुख्य सचिव डा बैकुण्ठ अर्यालले विज्ञका रूपमा केन्द्रको स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी प्रारम्भिक मस्यौदा प्रस्तुत गर्नुहुँदै बिमा क्षेत्रसँग सम्बन्धित यथार्थ सूचना र विश्लेषणका लागि सूचना केन्द्र अपरिहार्य रहेको बताउनुभयो । नेपाल बीमक सङ्घका अध्यक्ष वीरेन्द्र बैदवार र नेपाल जीवन बीमक सङ्घका अध्यक्ष प्रवीण रमण पराजुलीले बिमा सूचना केन्द्र स्थापनाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशकहरू, जीवन तथा निर्जीवन बिमा कम्पनी, लघु बिमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाप्रति बालेन्द्र शाहको अरुचि : दलीय व्यवस्थामा विश्वास नभएको टिप्पणी
२०८३ भाद्र ७, आइतबार
आज आइतबार, कस्तो रहला तपाँइको दिन ? हेर्नुहोस् राशिफल
२०८३ भाद्र ७, आइतबार
एमाले अध्यक्ष ओलीले गरे ‘जनसंगठन समन्वय संयन्त्र कार्यशाला’को उद्घाटन
२०८३ भाद्र ६, शनिबार
कापमाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण
२०८३ भाद्र ६, शनिबार
‘टप इन्ड टी–२० क्रिकेट सिरिज’ : नेपाल ‘ए’ पुरुष टोलीको लगातार दोस्रो पराजय
२०८३ भाद्र ६, शनिबार
जनतालाई छिटो न्याय दिनुपर्ने छ, पुराना मुद्दा शून्यमा झारौँ : प्रधानन्यायाधीश शर्मा
२०८३ भाद्र ६, शनिबार
पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
२०८३ भाद्र ६, शनिबार