मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एन्फा र शीर्ष डिभिजन क्लबबिच चार महिनाभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति

शीर्ष डिभिजनको लिग भने आगामी वर्षको पुस ३ गते बाट गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र शीर्ष डिभिजन क्लबबिच अब चार महिनाभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मङ्गलबार बोलाउनुभएको छलफलमा एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लबबिच एक सय २० दिन (चार महिना) भित्र लिग गर्ने सहमति भएको हो ।

सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा भएको छलफलमा फुटबल खेलाडी सङ्घका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

छलफलमा एन्फाले शीर्ष डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव अघि सारेको थियो । यसका लागि मन्त्री गुप्ताले एन्फालाई लिगको मिति प्रस्ताव गर्न आग्रह गर्नुभएको थियो ।

यसअघि कात्तिक १७ गते सातदोबाटोस्थित एन्फा मुख्यालयमा एन्फा र क्लबबिच सम्पन्न बैठकले आगामी पुस ९ गतेदेखि राष्ट्रिय लिग गर्ने सहमती गरेको थियो ।

शीर्ष डिभिजनको लिग भने आगामी वर्षको पुस ३ गते बाट गर्ने सहमति भएको थियो । तर यसवर्ष सहित स्मारक ‘ए’ डिभिजन लिग नहुने भएपछि फुटबल खेलाडीले धर्ना लगायत आन्दोलनका कार्यक्रम गरेका थिए ।

तीन वर्षदेखि शीर्ष डिभिजनको लिग नहुँदा नेपालका अधिकांश राम्रा खेलाडी विदेश पलायन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार