असोज ६, २०८३ मंगलबार September 22, 2026

महिला इन्टर हब टी–२० क्रिकेटको उपाधि मोरङलाई, सिरहामाथि सात विकेटको जित

मोरङलाई महिला क्रिकेट उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भारदह(सप्तरी), कात्तिक २७ गते । सप्तरी क्रिकेट सङ्घको समन्वय तथा सबल नेपालद्वारा राजबिराजमा आयोजित जिल्लास्तरिय महिला इन्टर हब टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।

राजबिराज स्थित पविमाबि खेल मैदानमा बिहीबार भएको फाइनलमा मोरङले सिरहालाई सात विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको सिरहाले १४.४ ओभरमा सबै विकेटको क्षतिमा ४६ रन बनाएको थियो ।

सिरहाका लागि अनुराधा चौधरी २६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मोरङका श्रृजना राजबंशीले तीन विकेट लिनुभयो ।

निरू राजबंशी दुई तथा बिकेट सुबेक्क्षा लिम्बू, बन्दना राजबंशी र पुर्णिमा राजबंशीले एक एक विकेट लिनुभयो । ४८ रनको लक्ष्य पछ्याएको मोरङले आठ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

मोरङका लागि प्रिन्सा रानामगरले नटआउट १५, खुशी राजबंशीले ११ रन टिका साहले १० रन बनाउनुभयो । बलिङमा सिरहाका सरस्वती चौधरीले दुई तथा मिना महतोले एक विकेट लिनुभयो । मोरङकी  श्रृजना राजबंशी प्लेयर अफ दि म्याच बन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार