काठमाण्डौंः विश्व नोबल शान्ति पुरस्कारका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मनोनित भएका छन् । ट्रम्प यससँगै दोस्रोपटक नोबल शान्ति पुरस्कारको छनौटमा परेका हुन् ।
इजरायल र यूएईबीच महत्वपूर्ण शान्ति सम्झौता गर्न सफल भएकोमा ट्रम्पलाई नोबल शान्ति पुरस्कारका लागि मनोनित गरिएको जनाइएको छ । यसअघि सन् २०१८ मा उत्तर कोरियाली तनाव अन्त्य गर्न प्रयास गरेकोमा ट्रम्पलाई नोबल शान्ति पुरस्कारकालागि छनौट गरिुएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया