मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

एन्फा राष्ट्रिय लिगमा कर्णाली प्रदेशबाट काँक्रेबिहार छनोट

काँक्रेबिहार क्लब कर्णाली प्रदेशबाट राष्ट्रिय फुटबल लिगमा छनोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक २८ गते । सुर्खेतको काँक्रेबिहार क्लब कर्णाली प्रदेशबाट राष्ट्रिय फुटबल लिगमा छनोट हुने इतिहासकै पहिलो टोली बनेको छ ।

हेटौँडामा जारी छनोटअन्तर्गत शुक्रबार भएको खेलमा काँक्रेबिहारले गाईघाटमाथि ५–३ को सानदार जित निकाल्यो । काँक्रेबिहारको जितमा अनिश घर्ती क्षेत्रीले ह्याट्रिक गर्नुभयो । कप्तान आशिष चापागाई र गणेश पुलामीमगरले एक एक गोल थप्नुभयो ।

गाईघाटका दीवश श्रेष्ठ र प्रवीन राईको गोल सान्त्वना बन्यो । अब सेमिफाइनलमा नव जनजागृतिले समूह ‘ए’ को उपविजेता चित्लाङसँग र काँक्रेबिहारले लालिगुँराससँग खेल्नेछ । दुबै सेमिफाइनल आइतबार हुनेछ।

छनोट खेलमा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । राउन्ड रोविन खेलपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुगेका हुन् । सेमिफाइनल पुग्ने टोली स्वत राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार