मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

प्रकृति र संस्कृतिको संगम गाभर भ्याली होमस्टे

होमस्टेको स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतसमेतमा उल्लेख्य सुधार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

राँझा (बाँके)। बाँकेको बैजनाथ गाउँपालिकामा अवस्थित गाभर भ्याली सामुदायिक घरवास (होमस्टे) यतिबेला आन्तरिक पर्यटकको चापले गुल्जार छ । दसैँतिहारजस्ता मुख्य चाडपर्व सकिएसँगै यहाँ पर्यटकको चहलपहल दैनिक रूपमा बढिरहेको छ ।

गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीका अनुसार, वर्षायाममा सुनसान हुने गरेको होमस्टेमा अहिले पाहुनाको आगमन बढेको छ । पर्यटक विशेषगरी पदमार्ग र जङ्गल सफारीप्रति आकर्षित भएका छन् । बाँके, बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट समेत ठूलो सङ्ख्यामा पर्यटक यहाँ घुम्न आइरहेका छन् ।

छोटो समयमै पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । यहाँ आउने आन्तरिक पर्यटक पछिल्लो समय निकुञ्जभित्र जङ्गल सफारी गर्न रुचाउँछन् । बाघ, हात्ती र चितुवालगायतका वन्यजन्तु हेर्ने र प्रकृतिको आनन्द लिने अवसरका कारण यो क्षेत्रको महत्व बढेको अध्यक्ष चौधरीको भनाइ छ ।

थारु र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली घरबासमा अहिले दैनिक करिब ५०० आन्तरिक पर्यटक पुग्ने गरेका छन् । यहाँ केवल परम्परागत घरवास मात्र नभई ठूलो लगानीका आरामदायी होटलसमेत थपिएका छन्, जसले पाहुनालाई पूर्वाधारयुक्त सेवा प्रदान गरिरहेका छन् ।

अध्यक्ष चौधरीका अनुसार, गाभर भ्याली होमस्टेले जीविकोपार्जनभन्दा माथि उठेर नयाँ अवधारणा अघि सारेको छ । उहाँ भन्नुहुन्छ ः “हामीले केवल जीविकोपार्जन मात्रै नभई नेपालमै पहिलोपटक आयआर्जन, संस्कृतिको प्रवद्र्धन, प्रकृतिको संरक्षण र बाघ पर्यटनको अवधारणा अघि सारेका छौँ । गाभर भ्याली होमस्टे आन्तरिक पर्यटन प्रवद्र्धनको अगुवा र पर्यटन उद्योगमा नयाँ आयामको सुरुवात गर्ने स्थल हो ।”

अध्यक्ष चौधरीका अनुसार, पुराना घरवासलाई पूर्वाधारयुक्त बनाइएको छ भने ठूलो लगानीका होटल पनि थपिएका छन् । २०७० सालमा सुरु भएको गाभर भ्याली सामुदायिक घरवास अहिले नेपालकै नमूना घरवासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित घरवास जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको छ । गाभर भ्याली घरवासमा सुरूका दिनमा रु २०-३० हजारबाट व्यवसाय सुरू गरिएपनि अहिले रु २० लाख देखि रु ५० लाखसम्म लगानी गरेको अध्यक्ष चौधरीको भनाई छ ।

होमस्टेको स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतसमेतमा उल्लेख्य सुधार आएको छ । बाँकेमा सञ्चालित यो होमस्टे अहिले जीविकोपार्जन मात्रै नभई दिगो आयआर्जनको बलियो माध्यम बनेको होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार