मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

उपत्यकामा हालसम्मकै धेरै कोरोना संक्रमितहरु भेटिए, एकैदिन ५७२ जना बिरामी थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पछिल्ले २४ घण्टामा काठमाडौं उपत्यकामा हालसम्मकै धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौं उपत्यकामा मात्रै ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितहरुमध्ये काठमाडौं जिल्लामा ४९५ , भक्तपुरमा ३४ र ललितपुरमा ४३ जना रहेका छन् । हालसम्म काठमाडौंमा ८,१०६ , भक्तपुरमा ८४९ र ललितपुरमा १,०५४ पुगेको छ । यो सँगै उपत्यकामा मात्रै अब संक्रमितको संख्या १०,०१२पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारि दिए ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५०हजार ४६५ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको प्रवक्ता गौतमले जानकारि दिए ।

यस्तै थप १ हजार ८ सय १८ जना कोरोना संक्रमितहरु डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ३५ हजार ७०० पुगेको छ । यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो । आज देशभर ५ हजार ८०६ जना क्वारेन्टाइनमा छन् ।

यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१७ पुगेको छ । बुधबार थप ५ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ३१७ पुगेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव
२०८३ मंग्सिर १, मंगलबार
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार