मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एक हजार चिनियाँ विद्यार्थीको भिसा रद्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा खारेज गरेको छ । अनुसन्धानकर्ताहरूले अमेरिकाका लागि खतरा ठानिएका ती विद्यार्थीहरूको भिसा खारेज गरिएको जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ नागरिकलाई लक्षित गरी गरेको एउटा घोषणाअनुसार यो निर्णय गरिएको जनाइएको छ ।

केही चिनियाँ नागरिकले अमेरिकामा महत्त्वपूर्ण तथ्यांक र बौद्धिक सम्पत्ति चोरेको राष्ट्रपति ट्रम्पको दाबी छ । अमेरिकी सरकारले यस विषयमा थप जानकारी भने सार्वजनिक गरेको छैन । अमेरिकी निर्णयप्रति चीनले हालसम्म भने कुनै टिप्पणी गरिसकेको छैन ।

अमेरिकी विश्वविद्यालयहरूमा बर्सेनि हजारौं चिनियाँ विद्यार्थी भर्ना हुने गर्छन् । गत शैक्षिक सत्रमा झन्डै ३ लाख ७० हजार चिनियाँ विद्यार्थीहरू अध्ययनका लागि अमेरिका पुगेका थिए । एक अमेरिकी अधिकारीका अनुसार भिसा स्थगित गरिएकाहरू देशका लागि ‘ठूलो खतरा मानिएकाहरू’ हुन् ।

ती विद्यार्थीहरूले विभिन्न विश्वविद्यालयमा स्नातक गरिरहेका र अनुसन्धाताहरू छन् । उनीहरू चिनियाँ विद्यार्थीहरूको एउटा सानो उपसमूह भएको ती अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ‘हामी चिनियाँ कम्युनिस्ट पार्टीको सैन्य प्रभुत्व जमाउने लक्ष्यलाई समर्थन नगर्ने चिनियाँ विद्यार्थी र विद्वान्लाई अमेरिका आउन रोक लगाउने छैनौं,’ अमेरिकी विदेश मन्त्रालयकी एक प्रवक्ताले भनेकी छन् ।

राष्ट्रपति ट्रम्पको मे २९ को घोषणामा ‘चीनले अमेरिकाबाट संवेदनशील प्रविधि र बौद्धिक सम्पत्ति हात पार्न एउटा अभियान नै सञ्चालन गरेको’ आरोप लगाइएको थियो । कान्तिपुरबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार