माघ २, २०८२ शुक्रबार January 16, 2026

गायक तथा सङ्गीतकार सुरज (सुर रक्स)को ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेपाली सङ्गीतको क्षेत्रमा सक्रियता पूर्वक क्रियाशील रहेका गायक तथा सङ्गीतकार सुरज अधिकारी (सुर रक्स) को नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक भएको छ । सुर रक्स तथा बबी रोजा ढकालको सुमधुर स्वर रहेको यो गीत सुर रक्सकै शब्द तथा सङ्गीतमा तयार भएको हो ।

आधुनिक शैलीमा तयार गरिएको यो लोक–फ्युजन शैलीको गीतले नेपाली मौलिक संस्कृतिलाई समेट्दै आधुनिक प्रस्तुति दिइएको छ । गीतको भिडियोमा ख्याति प्राप्त मोडेल तथा निर्देशक सुनिल क्षेत्री र मोडेल सञ्चिता बोलाखेको आकर्षक अभिनय रहेको छ ।

भिडियोको निर्देशन स्वयं सुनिल क्षेत्रीकै रहेको छ भने कोरियोग्राफी अबी वाग्लेले गरेका छन् । छायाङ्कन दिनेश पराजुलीले गरेका छन् भने सम्पादन अमृत चापागाईँ ले गरेका हुन् । सङ्गीत संयोजनको जिम्मेवारी कुशल सिंह ले सम्हालेका छन् ।

भिडियोमा उत्कृष्ट भिजुअल प्रस्तुति, मौलिक पहिरन र परम्परागत शैलीमा आधारित पन्चेबाजाको माहोलमा छायाङ्कन गरिएको छ । गीतमा परम्परागत र आधुनिक वाद्य यन्त्रको उत्कृष्ट संयोजन गरिएको छ, जसले नेपाली सांस्कृतिक विवाह समारोह र उत्सवहरूको मौलिक प्रस्तुति झल्काएको छ ।

भिडियो श्री सिम्फोनिक स्टुडियोको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सुर रक्स विगत लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय रहेका बहुमुखी कलाकार हुन् । उनले चलचित्र ‘ए साथी सुन’ का चर्चित गीत ‘ची मुसी ची मा’, ‘तिमिले माग्छौ भने मुटु’ लगायतका गीतमा शब्द तथा सङ्गीत भरेका छन् ।

त्यस्तै ‘आऊ आज मायाको’, ‘नरिसाऊ न प्लिज’, ‘जीवन सुनमा सुगन्ध’, ‘मुटु र तिमिमा’, ‘तिमी रिसाउँदा’, ‘भुलौँ जे भयो’, ‘मैले तिम्रो नाम लिएँ’, ‘केटो भाग्यमानी’, ‘गर्लफ्रेन्ड छैन’ लगायतका प्रिय गीतमा पनि उनी सङ्गीतकार तथा स्वर कलाकारका रूपमा सक्रिय रहेका छन् र नेपाली सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएका छन् ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया