श्रावण २५, २०८३ सोमबार August 10, 2026

प्रहरीको पेस्तोल लुटपाट गरी आपराधिक गतिविधिमा संलग्न तीन जना पक्राउ

जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ मङ्सिर : गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार (पेस्तोल) लुटपाट गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर बागमती गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–२८ बागबजार बस्ने २५ वर्षीय निकेश विक, मकवानपुर बागमती गाउँपालिका–७ घर भई काठमाडौँ बागबजार बस्ने २५ वर्षीय सुरज विक तथा बागलुङ ढोरपाटन नगरपालिका–३ घर भई हाल काठमाडौँ–२८ भृकुटीमण्डप बस्ने २५ वर्षीय बालकृष्ण गैरे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गरी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको भन्ने विशेष सूचनाका आधारमा निजहरूलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेकाहरूबाट प्रहरीले सिएफ ९८–९००१०४००८२३६ नम्बरको पेस्तोल एक थान र सोही पेस्तोलको म्याग्जिन एक थान तथा टाइप ५४–५५०१११३३ नम्बरको पेस्तोल एक थान बरामद गरेको जनाइएको छ । पक्राउ परेका तीनै जनालाई हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली, पठाइएको सूचना अधिकारी आचार्यले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज सोमबार, शिव भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाँइको राशिफल
२०८३ श्रावण २५, सोमबार
पाकिस्तानः जुलाईमा मात्रै बलुचिस्तानमा मारिए ३७२ ‘आतंकवादी’
२०८३ श्रावण २५, सोमबार
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
गुल्मी अस्पताल भवन समयमै नसके ठेक्का तोड्न मन्त्री लम्सालको चेतावनी
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला, पतिको अवस्था अझै अज्ञात
२०८३ श्रावण २४, आइतबार