काठमाडौं । बंगलादेश प्रिमियर लिग (बिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको आगामी सिजनका लागि हुने खेलाडी अक्सनमा नेपालका पाँच खेलाडीहरू सूचीकृत भएका छन् । नेपालका यी पाँच खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र अनुभवका आधारमा विभिन्न क्याटगोरीमा राखिएको छ । सन्दीप लामिछाने क्याटेगोरी बीमा बिपिएलको ड्राफ्टमा सूचीकृत हुनुहुन्छ ।
दीपेन्द्र सिंह ऐरी क्याटेगोरी डीमा पर्दा आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ईमा समावेश हुनुहुन्छ । नेपाली टोलीका प्रमुख स्पिनर सन्दीप लामिछानेले यसअघि पनि विश्वभरका विभिन्न फ्रेन्चाइज लिगहरू खेलिसक्नुभएको छ । उहाँ बिपिएलमा अनुबन्ध हुने बलिया दाबेदार हुनुहुन्छ ।
यस्तै, अलराउण्डर दीपेन्द्र सिंह ऐरी उत्कृष्ट लयमा रहनुभएको छ । विकेटकिपर ब्याटर आसिफ शेख, तीव्र गतिका बलर सोमपाल कामी र युवा अलराउण्डर गुलशन झा पनि अक्सन ड्राफ्टमा पर्नुभएको छ । यी पाँच खेलाडीले अक्सनबाट कुनै टिमले अनुबन्ध गरेमा आगामी सिजनको बिपिएलमा खेल्ने मौका पाउनुहुनेछ । बिपिएल विश्वका चर्चित टी-२० लिगहरूमध्ये एक हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया