मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एनपिएलमा विराटनगरको उत्कृष्ट प्रदर्शन : बसिरको नटआउट ६२ रनसहित कर्णाली याक्समाथि रोमाञ्चक जित

बसिरको ६२ रनले कर्णालीको १६० रनको चुनौती धरासायी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमडौँ, मङ्सिर १२ गते। नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ। बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो। बसिरले ४३ बलको सामना गर्दा तीन चौका र तीन छक्काको मद्दतमा नटआउट ६२ रन बनाउनुभएको हो।

कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध दिएको १६१ रनको लक्ष्य विराटनगरले एक बल बाँकी हुँदा ७ विकेटको क्षतिमा १६३ रन बनाउँदै पूरा गरेको हो। दुई बलमा चार रन आवश्यक परेको अवस्थामा बसिरले छक्का प्रहार गर्दै लक्ष्य पूरा गर्नुभएको हो।

विराटनगरको जितमा नारायण जोशीले २५ रन जोड्नुभयो भने साम हेजलेटले १६ रन बनाउँदा साहिल पटेल १९ रन जाड्नुभयो। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सक्नु भएन।

कर्णालीका लागि सोमपाल कामी, गुल्सन झाले दुईदुई विकेट, पवन सरार्फ नन्दन यादव र विलियम बसिस्टोले समान एकएक विकेट लिए पनि त्यो कर्णालीका लागि पर्याप्त भएन।

टस जितेर सरुमा ब्याटिङ गरेको कर्णालीले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा १६० रन बनाएको थियो।

कर्णालीका लागि प्रियाक पञ्चालले अर्धशतक बनाउनुभएको थियो। ४७ बलको सामना गर्दा ६ चौका र दुई छक्काको मद्दतमा उहाँले ६३ रन बनाउनुभएको हो। विलियम बसिस्टो अर्धशतक बनाउन दुई रनले चुक्नुभयो। उहाँले ४८ बलमा ४८ रन बनाउनुभएको हो। गुल्सन झाले १० बलको सामना गर्दा दुई चौका र एक छक्काको मद्दतमा २० रन जोड्नुभएको थियो।

कर्णालीलाई सस्तैमा समेट्न विराटनगरका लागि मर्चेन्ट डी लेङगा र सन्दीप लामिछानेले एकएक विकेट हात पर्नुभयो।

दोस्रो स्थानमा रहेको विराटनगरले यो जितसँगै पाँच खेलमा ८ अंक जोडेको छ। पाँच खेल खेल्दा एउटा खेल गुमाएको विराटनगर दोस्रो स्थानमा कायम छ। अपराजित सुदूरपश्चिम चार खेल खेल्दा आठ अंकसहित शीर्ष स्थानमा छ। चार खेलमा एक मात्र जित निकालेको कर्णाली भने दुई अंकसहित पाँचौं स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार