जेठ २३, २०८३ शनिबार June 6, 2026

चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु

महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चलचित्र ‘रोल नंं. १’ को छायांकन सुरु भएको छ । दुई हप्ता लामो वर्कसपपछि निर्माण टिम छायांकनमा निस्किएको थियो । चलचित्रको छायांकन म्याग्दीबाट सुरु भएको निर्माण टिमले जानकारी दिएको छ । करिब डेढ महिनाको सेडुयुल रहेको निर्माता विनोद पौडेलले जानकारी दिए ।

चलचित्रको मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी रहेका छन् । यो चलचित्रलाई जोन योञ्जनले निर्देशन गर्दैछन् । कथा पनि उनी स्वयंको रहेको छ ।

चलचित्र ‘रोल नंं. १’ भ्रम र कथित सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा बन्ने निर्माता पौडेलले बताए । सबैलाई जित्नै पर्ने, नजिते इज्जत नै हुँदैन र कक्षाको प्रथम अथवा फर्स्ट नै विद्वान हो अरु मुर्ख हुन् भन्ने कथा यो उठाउनेछ ।

यसअघि सार्वजनिक गरिएको फर्स्टलुकमा कक्षाकोठामा एक बालक हात उठाएर आफ्नो उपस्थिति जनाइरहेको देखाइएको थियो । उसको अगाडि निलो सर्ट लगाएका विद्यार्थी कक्षा कोठाभरी थिए । अगाडि कालोपाटी थियो । नजिकै एक शिक्षिका थिइन् ।

महेश दवाडीको पटकथा तथा संवाद रहने चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत रहनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन् ।

शिवराम श्रेष्ठको डीओपी रहेको चलचित्रको चिफ एडी फिरोड खड्का छन् । प्रोडक्सन डिजाइनरमा कला संग्रौला, प्रोडक्सन हेड मनोज जोशी छन् । मदन घिमिरेको सम्पादन रहनेछ । निर्माता पौडेलको निर्माण रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ यही मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार