काठमाडौँ, मङ्सिर १६ गते । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा कर्णालीले टस जितेर फिल्डिङ रोजेको हो । टस हारेको पोखराले पहिले ब्याटिङको निम्तो पाएको छ ।
अगाडिको यात्रा कायम राख्न पोखरा र कर्णाली दुवैलाई यस खेल महत्त्वपूर्ण छ । पोखराको चार खेलबाट दुई र कर्णालीको पाँच खेलबाट दुई नै अङ्क छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया