मंग्सिर २६, २०८२ शुक्रबार December 12, 2025

नेप्से परिसूचकमा झिनो गिरावट

चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ बराबरको कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, मङ्सिर १६ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४४ दशमलव ७० को विन्दुमा कायम भएको हो ।

आज ३२४ कम्पनीको एक करोड आठ लाख १० हजार १०६ कित्ता शेयर ५६ हजार नौपटक खरिदबिक्री हुँदा रु चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ५८, होटल तथा पर्यटन शून्य दशमलव ६२, लगानी शून्य दशमलव ०४, जीवन बिमा शून्य दशमलव ५७ र लघुवित्त समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । विकास बैङ्क शून्य दशमलव १७, वित्त शून्य दशमलव २७, जलविद्युत् शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २६ र व्यापार समूहको उपसूचक शून्य दशमलव ७५ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, मबिलुङ इनर्जी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र श्रीनगर एग्रिटेक इन्ड्रस्टिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ८५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको आज रु ३१ करोड ८१ लाख ३५ हजार ४७९ बराबरको छ लाख ३४ हजार ३१९ कित्ता शेयर किनबेच भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आम्दानी बढेसँगै सेवा विस्तार, दैनिक ३०० बिरामीको उपचार गर्दै बूढानीलकण्ठको नगर अस्पताल
२०८२ मंग्सिर २६, शुक्रबार
पाहुनाको पर्खाइमा ‘मुदीगाउँ’
२०८२ मंग्सिर २६, शुक्रबार
आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य
२०८२ मंग्सिर २६, शुक्रबार
टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’
२०८२ मंग्सिर २६, शुक्रबार
एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण
२०८२ मंग्सिर २६, शुक्रबार
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९भेडा–च्याङ्ग्रा ठहरै
२०८२ मंग्सिर २६, शुक्रबार
मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र शुरु
२०८२ मंग्सिर २६, शुक्रबार