श्रावण १०, २०८३ आइतबार July 26, 2026

पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ देशभर प्रदर्शित

अभिनेत्री वर्षा राउत चलचित्रमा बुहारीको भूमिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १६ मङ्सिर ः पारिवारिक कथामा आधारित चलचित्र ‘हर्ष’ यही मङ्सिर १२ गतेदेखि देशभर प्रदर्शनरत छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउत रहनुभएको उक्त चलचित्रको निर्देशक एकता पौडेलले हुनुहुन्छ ।
स्वर्गीय निर्देशक शिव रेग्मीको भाञ्जीसमेत रहनुभएकी निर्देशक पौडेलले पहिलो निर्देशकीय चलचित्रमा सामाजिक विषयलाई स्थान दिनुभएको बताउनुभयो । “मसँग रहेका आधा दर्जनभन्दा बढी पटकथामध्ये ‘हर्ष’लाई छनोट गरेँ । चलचित्रको कथावस्तु र पात्रसँग दर्शक जोडिनेमा विश्वस्त भएर नै मैले सामाजिक विषय रोजेकी हुँँ”, निर्देशक पौडेलले भन्नुभयो ।
उहाँले पछिल्लो समय समाजमा रहेका नकारात्मक र सकारात्मक पक्षलाई चलचित्रमा समेटेर राम्रो सन्देश दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो चलचित्र पारिवारिक हो, संवेदनशील विषयवस्तुसहित मन छुने कथा उजागर गर्न प्रयास गरेकी छु । आगामी समयमा यसको प्रभाव पक्कै पर्छ भन्ने लागेको छ । चलचित्रमा उठाइएका विषयमा सार्वजनिक बहस हुन आवश्यक छ । चलचित्रले जटिल सिद्धान्तजस्तो होइन, सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित कुरा भन्छ ।”
नेपाली समाजमा वंश निरन्तरताका क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दबाबलाई चलचित्रमा देखाएको छ । अभिनेत्री वर्षा राउत चलचित्रमा बुहारीको भूमिकामा हुनहुन्छ । “केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो अभिनयलाई अलि ध्यान दिएर हेर्नुभएको जस्तो लागेको छ । अघिल्ला चलचित्रको तुलनामा सुधार गरेको प्रतिक्रिया पाएकी छु, दर्शकले समाजको एउटा देखाउनै पर्ने कथा भनेर तारिफ गर्नुभएको छ”, अभिनेत्री राउतले स्पष्ट गर्नुभयो ।
उक्त चलचित्रमा अभिनेत्री राउतसँगै खगेन्द्र लामिछाने, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जनलगायतका कलाकारले अभिनय गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन
२०८३ श्रावण ९, शनिबार
अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल
२०८३ श्रावण ९, शनिबार
कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण
२०८३ श्रावण ९, शनिबार
डा. गोविन्द केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ श्रावण ९, शनिबार
कृषि विश्वविद्यालयले १० जना विदेशी विद्यार्थी भर्ना लिने
२०८३ श्रावण ९, शनिबार
सात लाख बढी घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ
२०८३ श्रावण ९, शनिबार
समाजमा रक्तदानको संस्कार विकास गर्नुपर्छ : सभामुख यादव
२०८३ श्रावण ९, शनिबार