श्रावण ११, २०८३ सोमबार July 27, 2026

चलचित्र ‘कुमारी’को पहिलो गीत सार्वजनिक

गायक केहरसिंह लिम्बू तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत ‘जेनजी’ पुस्ताबीच लोकप्रिय बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १६ मङ्सिरः नेपाली चलचित्र  ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ ।
दिनेश राउतद्वारा निर्देशित चलचित्रको गीत सार्वजनिकसँगै निर्माण टोलीले चलचित्रको रिलिज समय पनि घोषणा गर्दै ‘कुमारी’ आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने जनाएको छ ।
यसअघि टुँडिखेलमा भव्य रूपमा आयोजना गरिएको घोषणा कार्यक्रममा यो गीतको लाइभ प्रस्तुति गरिएको थियो । गायक केहरसिंह लिम्बू तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत ‘जेनजी’ पुस्ताबीच लोकप्रिय बन्दै गएको छ ।
चलचित्रको मुख्य भूमिकामा अभिषेक खड्का र आकृति राजभण्डारी रहेका छन् । दुवै कलाकार यसै चलचित्रमार्फत मुख्य भूमिकामा ‘डेब्यू’ गर्दै छन् । साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।
‘आई एम सरी’बाट निर्देशन यात्रा सुरु गरेका राउत ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथाका लागि चिनिन्छन् । पछिल्ला वर्षमा सामाजिक विषयमा केन्द्रित फिल्म निर्देशन गर्दै आएका राउतले दर्शकको रुचिअनुसार फेरि प्रेमकथामा फर्किएको बताएका छन् । ‘कुमारी’को प्रोजेक्ट ‘पुजार सार्की’भन्दा अघि प्रारम्भ भए पनि विभिन्न कारणले अहिले आएर मात्र बनेको हो ।
‘कुमारी’मा चार गीत रहनेछन् । सबै गीतमा स्वर केहर सिंह लिम्बूले दिएका छन् भने सङ्गीतमा लिम्बूसँगै सुमन तामाङ र प्रशान्त सिवाकोटीको सहभागिता रहेको छ । गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका हुन् ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन् । कार्यकारी निर्माता केदार भुसाल रहेका छन् ।
‘कुमारी’को डिजिटल वितरण केन्द्र मोसन पिक्चर्सले गरेको छ भने काठमाडौँ उपत्यकामा डिसिएन र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले थिएट्रिकल वितरण गर्दैछन् । यसको प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, कस्ट्युम डिजाइनर अञ्जली रिजाल, मुख्य सहायक निर्देशकमा दिनेशबहादुर रावत रहेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन तथा रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, किरण थापा र शिशिर खातीको कोरियोग्राफी रहेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार
अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
२०८३ श्रावण ११, सोमबार
आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
२०८३ श्रावण ११, सोमबार