झापा। आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् ।
अर्जुनधारामा भएको उद्घाटन खेलमा एपिएफले एभरेष्ट लुम्बिनी क्लबलाई पराजित ग¥यो । एपिएफले एभरेष्ट लुम्बिनीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपिएफले ११–२५, १५–२५ र २२–२५ को सेटमा पराजित ग¥यो । खेलको ‘प्लेयर अफ द म्याच’ एपिएफकी नेविका चौधरी भइन् ।
आज भएको दोस्रो खेलमा न्यु डायमन्डले कोशी प्रदेश भलिबल टिमलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । न्यु डायमन्डले १४–५, ८–२५ र ९–२५ को सेटमा पराजित गरेको हो ।
खेलको प्लेयर अफ द म्याच न्यु डायमन्डकी जेनिसा विश्वकर्मा भइन् । उनलाई नगद रु पाँच हजार र ट्रफी प्रदान गरियो ।
भोलि बिहीबारको पहिलो खेल नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी छ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छन् । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् । अर्जुनधारा–६ मा रहेको लक्ष्मी माविको मैदान जारी प्रतियोगिताको फाइनल खेल मङ्सिर २१ गते हुनेछ ।
झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक आयोजना गरिएको हो । प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख र तेस्रो हुने टोलीले रु ३० हजार नगद पुरस्कार पाउने आयोजक नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालले जानकारी दिनुभयो ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया