असार २४, २०८२ मंगलबार July 8, 2025

चीनबाट उत्तर कोरिया छिर्नेलाई नसोधी गोली हान्‍ने आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः चीनसँगको सीमाक्षेत्रमा उत्तरले थप कडाइ गरेको छ । दक्षिण कोरियास्थित अमेरिकी सैन्य कमाण्डरका अनुसार उत्तरले चिनियाँ भूमिबाट छिर्नखोज्ने मानिसहरुलाई नसोधिकन गोली हान्नेसम्मको आदेश सुरक्षाकर्मीलाई दिएको छ । यस अनुसार उत्तरका अधिकारीले आफ्नो देशको एक किलोमिटर भूमिसम्म छिर्नेहरुलाई नसोधी गोली हान्न पाउने भएका छन् ।

चीनबाट कोरोना संक्रमित आफ्नो देश्को सिमा क्षेत्रमा प्रवेश गर्न सक्ने भएकाले उत्तर कोरियाली अधिकारीहरुले यस्तो निर्देशन दिएका हुन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि उत्तर कोरियामा संकटकाल घोषणा गर्नुका साथै महामारी विरुद्ध उच्च सतर्कता अपनाएको बताइएको छ ।

संकलटकाल र नाकामा कडाइ गरिएपछि उत्तर कोरियामा सामग्री आयातमा समस्या देखिन थालेको छ । चीनबाट मात्रै ढुवानी गर्दैआएको उत्तरले सिमानामा कडाइ गरेपछि यसको असर नियमित ढुवानीमा पनि देखिन थालेको हो । सोही कारण चीनबाट ढुवानी हुने सामाग्री ८५ प्रतिशतले कम भएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया