पुष १८, २०८२ शुक्रबार January 2, 2026

‘जेरी अन टप’ले मनायो ५१औँ दिन

सुयोग गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘जेरी अन टप’ यो वर्षमा सर्वाधिक व्यापार गर्ने दोस्रो नेपाली चलचित्र बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २१ मङ्सिरः चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ । नेपाली रजतपटमा ५१औँ दिनसम्म चलचित्र प्रदर्शन हुनुलाई ठूलो सफलता मानिन्छ ।
चलचित्रले शनिबार काठमाडौँ उपत्यकामा रहेका क्युएफएक्स, सिटी स्क्वायर, रञ्जना सिनेप्लेक्स, वान सिनेमाज नयाँ बानेश्वर र कालिमाटी, एफक्युब चाबहिल र इलाइट सिनेमा इटहरीमा प्रदर्शनको ५१औँ दिन पूरा गरेको चलचित्रका वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।
“सगरमाथा आरोहण र प्रेम कथामा आधारित चलचित्रले घरेलुबजारमा राम्रो व्यापार गरेको छ, यो समग्रमा नेपाली चलचित्रकर्मीको लागि सुखद खबर हो । यसको सफलताले विधागत चलचित्र निर्माण गर्न अन्य निर्मातालाई प्रोत्साहन मिलेको छ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार चलचित्रले रु १२ करोड ५० लाखको हाराहारीमा घरेलु बजारमा व्यापार (ग्रस कलेक्सन) गर्न सफल भएको छ । सरोज न्यौपानेले निर्माण गर्नुभएको उक्त चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
सुयोग गुरुङले निर्देशन गर्नुभएको चलचित्र ‘जेरी अन टप’ यो वर्षमा सर्वाधिक व्यापार गर्ने दोस्रो नेपाली चलचित्र समेत बनेको छ । अभिनेता अनमोल केसीले यो समग्र नेपाली चलचित्र क्षेत्रकै उत्सव भएको बताउनुभयो ।
“चलचित्रको सफलताले ऊर्जा थपेको छ, सगरमाथाको विषयलाई केन्द्रमा राखेर हामीले प्रेमकथा प्रस्तुत गरेका थियौँ, दर्शकले रुचाउनुभएको छ”, अभिनेता केसीले भन्नुभयो । काठमाडौँका केही चलचित्र भवनमा ‘जेरी अन टप’ आगामी साता पनि प्रदर्शनरत रहने निर्माण पक्षले जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
२०८२ पुष १८, शुक्रबार
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु
२०८२ पुष १८, शुक्रबार
संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
२०८२ पुष १८, शुक्रबार
अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
२०८२ पुष १८, शुक्रबार
थारु बस्तीमा माघी पर्वको तयारी सुरु
२०८२ पुष १८, शुक्रबार
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
२०८२ पुष १८, शुक्रबार
बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै
२०८२ पुष १८, शुक्रबार