श्रावण ११, २०८३ सोमबार July 27, 2026

गायिका झुमा लिम्बूको ‘कर्नाली सलल’ बोलको नयाँ गीत सार्वजनिक

गीतको भिडियोका अनिल सुब्बा र निर्मला लिम्बूको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । बहुचर्चित गीत ‘काफ्ले’की गायिका झुमा लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । ‘कर्नाली सलल’ बोलको गीत झुमाले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।

कर्णाली प्रदेशको स्थानीय लवजमा रहेको गीत स्थानीय परिवेशलाई समेट्दै प्रेममा केन्द्रित छन् । उमेरमै माया–प्रेम र घरबार बसाएको राम्रो भन्ने प्रेमिल गीतको मुख्य आकर्षण मनको आञ्चलिक लय हो ।

कर्णालीका स्थानीयले बोल्ने शब्द प्रयोग गरिएको र सोही क्षेत्रको टोन रहेको गीतले बोलचाल र हासखेल गर्नु नै राम्रो रहेको बताउँछ ।

गीतमा हर्क साउदको शब्द तथा कालीप्रसाद बास्कोटाको संगीत छ । गीतको भिडियोका अनिल सुब्बा र निर्मला लिम्बूको अभिनय छ । कृजन महतले भिडियो निर्देशन गरेका छन् ।

निकै सशक्त देखिएको भिडियोमा कलर ग्रेडिङ पनि राम्रो देखिएको छ । यो गीत झुमाले करिब दश वर्षदेखि गाउँदै आए पनि भिडियो भने अहिले निर्माण भएको हो ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार
अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
२०८३ श्रावण ११, सोमबार
आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
२०८३ श्रावण ११, सोमबार