भाद्र २४, २०८३ बुधबार September 9, 2026

भजन ‘कल्की अवतार’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

भिडियोमा पौडेल र शर्माका साथै अमेरिकामा बसोबास गर्ने थुप्रै नेपाली कलाकारहरूको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : साउन महिनाको पहिलो सोमबारकै दिनमा भगवान् शिव र सनातन धर्मप्रति समर्पित विशेष धार्मिक भजन ‘कल्की अवतार’ सार्वजनिक भएको छ । सोमबार बिहान साढे छ बजे बाबा इन्टरटेनमेन्ट टिभी युट्युब च्यानलमार्फत यो भजन नेपाली संगीत बजारमा ल्याइएको हो ।

हिन्दु धर्मावलम्बीहरूका लागि साउन महिना र विशेषगरी सोमबारको दिनलाई अत्यन्तै पवित्र मानिने हुनाले यही अवसरलाई लक्षित गर्दै भजन सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीका सिलसिलामा अमेरिकामा बसोबास गर्दै आएका नेपाली कलाकारहरू प्रवेश पौडेल र राजीव शर्माको सुमधुर आवाजमा सजिएको यस भजनमा नकुल ढकालका मर्मस्पर्शी शब्दहरू रहेका छन् ।

यस भजनमार्फत पर्वत जिल्लाका शर्माले आधिकारिक रूपमा आफ्नो गायन यात्राको सुरुवात (डेब्यु) गरेका छन् । भजनमा आवाज दिने गायक द्वय पर्वत जिल्लाकै हुन् भने गायक शर्मा आफैंले भाका संकलन गरेका छन् । नेपाली संगीत क्षेत्रका प्रख्यात संगीत संयोजक बिबी अनुरागीले गीतको एरेन्जमेन्ट गरेका हुन् । त्यस्तै श्याम श्वेत रसाइलीले यस भजनको मिक्सिङ गरेका हुन् ।

यस भजनमा सत्य, त्रेता, द्वापर र कलियुग गरी विभिन्न युगहरूको चक्रलाई सुन्दर ढंगले वर्णन गरिएको छ । विशेषगरी वर्तमान कलियुगमा मानिसहरूमा बढ्दै गएको नकारात्मकता र स्वार्थलाई औंल्याउँदै यो कठिन समयबाट संसारलाई कसले र कसरी बचाउन सक्छ भन्ने सन्देशमूलक गाथा यसमा बुनिएको छ । गायक पौडेलकै निर्देशनमा तयार भएको भजनको भिडियोमा पौडेल र शर्माका साथै अमेरिकामा बसोबास गर्ने थुप्रै नेपाली कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

पशुपति बस्यालले खिचेको भिडियोको सम्पादन सुजन कोइरालाले गरेका छन् । प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति र कलालाई जोगाउने उद्देश्यले निर्माण गरिएको भजनलाई नेपाली संगीत प्रेमी तथा भक्तजनहरूले हेरेर र सुनेर माया गरिदिन कलाकार तथा निर्माण टिमले आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन
२०८३ भाद्र २४, बुधबार
राष्ट्रपति पौडेलद्वारा पुनर्निर्माण र पुनःस्थापनालाई तीव्रता दिन सरकारको ध्यानाकर्षण
२०८३ भाद्र २४, बुधबार
चिनियाँ एआईमाथि अमेरिकी आरोप
२०८३ भाद्र २४, बुधबार
लायन्स अन्तराष्ट्रिय निर्देशक राजन लम्सालको पहलमा भोटेकोशी बाढीपीडितलाई सवा ३ करोडको LCIF सहयोग
२०८३ भाद्र २४, बुधबार
खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी
२०८३ भाद्र २४, बुधबार
काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै
२०८३ भाद्र २४, बुधबार
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने
२०८३ भाद्र २४, बुधबार