कार्तिक ८, २०८३ आइतबार October 25, 2026

भजन ‘कल्की अवतार’ सार्वजनिक (भिडियो हेर्नुहोस्)

भिडियोमा पौडेल र शर्माका साथै अमेरिकामा बसोबास गर्ने थुप्रै नेपाली कलाकारहरूको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : साउन महिनाको पहिलो सोमबारकै दिनमा भगवान् शिव र सनातन धर्मप्रति समर्पित विशेष धार्मिक भजन ‘कल्की अवतार’ सार्वजनिक भएको छ । सोमबार बिहान साढे छ बजे बाबा इन्टरटेनमेन्ट टिभी युट्युब च्यानलमार्फत यो भजन नेपाली संगीत बजारमा ल्याइएको हो ।

हिन्दु धर्मावलम्बीहरूका लागि साउन महिना र विशेषगरी सोमबारको दिनलाई अत्यन्तै पवित्र मानिने हुनाले यही अवसरलाई लक्षित गर्दै भजन सार्वजनिक गरिएको हो । वैदेशिक रोजगारीका सिलसिलामा अमेरिकामा बसोबास गर्दै आएका नेपाली कलाकारहरू प्रवेश पौडेल र राजीव शर्माको सुमधुर आवाजमा सजिएको यस भजनमा नकुल ढकालका मर्मस्पर्शी शब्दहरू रहेका छन् ।

यस भजनमार्फत पर्वत जिल्लाका शर्माले आधिकारिक रूपमा आफ्नो गायन यात्राको सुरुवात (डेब्यु) गरेका छन् । भजनमा आवाज दिने गायक द्वय पर्वत जिल्लाकै हुन् भने गायक शर्मा आफैंले भाका संकलन गरेका छन् । नेपाली संगीत क्षेत्रका प्रख्यात संगीत संयोजक बिबी अनुरागीले गीतको एरेन्जमेन्ट गरेका हुन् । त्यस्तै श्याम श्वेत रसाइलीले यस भजनको मिक्सिङ गरेका हुन् ।

यस भजनमा सत्य, त्रेता, द्वापर र कलियुग गरी विभिन्न युगहरूको चक्रलाई सुन्दर ढंगले वर्णन गरिएको छ । विशेषगरी वर्तमान कलियुगमा मानिसहरूमा बढ्दै गएको नकारात्मकता र स्वार्थलाई औंल्याउँदै यो कठिन समयबाट संसारलाई कसले र कसरी बचाउन सक्छ भन्ने सन्देशमूलक गाथा यसमा बुनिएको छ । गायक पौडेलकै निर्देशनमा तयार भएको भजनको भिडियोमा पौडेल र शर्माका साथै अमेरिकामा बसोबास गर्ने थुप्रै नेपाली कलाकारहरूको अभिनय देख्न सकिन्छ ।

पशुपति बस्यालले खिचेको भिडियोको सम्पादन सुजन कोइरालाले गरेका छन् । प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृति र कलालाई जोगाउने उद्देश्यले निर्माण गरिएको भजनलाई नेपाली संगीत प्रेमी तथा भक्तजनहरूले हेरेर र सुनेर माया गरिदिन कलाकार तथा निर्माण टिमले आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार