श्रावण ११, २०८३ सोमबार July 27, 2026

‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

विश्वविद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने भन्दै आवश्यक परे आन्दोलनको नेतृत्व आफूले गर्ने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) गोपाल हमालले कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि एमबीबीएस अध्ययन सुरु नभए आफू अनशनमा बस्ने घोषणा गरेका छन् ।

सोमबार डोटीको बुडरमा आयोजित कार्यक्रममा बोल्दै मेयर हमालले विश्वविद्यालय सञ्चालनमा ढिलाइ गर्न नहुने भन्दै आवश्यक परे आन्दोलनको नेतृत्व आफूले गर्ने बताए ।

उनले शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिमका नागरिकको एक पुस्तादेखिको सपना र माग भएको उल्लेख गर्दै पदाधिकारी को हुने रु भन्ने विषयभन्दा विश्वविद्यालय सञ्चालन र पठनपाठन सुरु हुनु नै मुख्य कुरा रहेको बताए ।

मेयर हमालले भने, ‘हाम्रो अपेक्षा यही शैक्षिक सत्रबाट एमबीबीएसको पढाइ सुरु होस् र अस्पताल पनि पूर्ण रूपमा सञ्चालनमा आओस् । यदि यसै शैक्षिक सत्रदेखि पढाइ सुरु भएन भने म स्वयं अनशनमा बस्छु । आवश्यक परे आन्दोलनको नेतृत्व पनि मैले नै गर्नेछु ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार
अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
२०८३ श्रावण ११, सोमबार