श्रावण २, २०८३ शनिबार July 18, 2026

‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक

तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आगामी साउन २९ गतेबाट रिलिज हुने फिल्म ‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको छ। बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गीतमा बाबुल गिरीको शब्द तथा संगीत अनि सहिमा श्रेष्ठ र रवी ओडको स्वर सुन्न सकिन्छ।

कवीराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडिओमा मुकुन भुषाल, जानुका विश्वकर्मा, श्रीकृष्ण निरौला, मेनुका माझी र केशव रिजाल फिचर्ड छन्। डान्सिङ नम्बरको रुपमा तयार पारिएको गीतको अडियो उत्कृष्ट सुनिन्छ। भिडिओले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमको छ।

आहा फिल्मस्को व्यानरमा क्यानी मल्टिभिजन आईएनसीको सहकार्यमा निर्माण भएको सिनेमालाई राजबहादुर सानेले निर्देशन गरेका हुन् ।

सौरभ ओली प्रस्तुतकर्ता तथा कमल प्रसाद शर्मा र सन्दीप कुमार रोका निर्माता अनि दिनेश राज बुढाथोकी कार्यकारी निर्माता रहेको सिनेमामा दिव्यराज सुवेदीको छायांकन छ । हरि प्रसाद सिवाकोटी सिनेमाका लाइन प्रोड्युसर हुन् । क्यानडा निवासी उनी नेपाल रिलिजकै मितिमा ‘लज्जावती’लाई क्यानडा रिलिज गर्ने लक्ष्यसहित टिममा जोडिएका हुन्।

फिल्ममा मुकुन, श्रीकृष्ण, जानुका, मेनुका र केशवसहित धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, बिशाल पहारी, सिपी पौडेल, आरआर खड्का, बिनोद श्रेष्ठ, दिपक थापा, काजल भुजेल लगायतका कलाकारको अभिनय रहेको छ। तारा थापा ‘किम्भे’को सम्पादन रहेको सिनेमामा देव महर्जनको द्वन्द्व निर्देशन छ । यो सिनेमालाई देशव्यापी कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्‍यो ४८ सम्झौता
२०८३ श्रावण २, शनिबार
गौर भन्सारको सफलता, लक्ष्य उछिन्दै ४७ करोड बराबर राजश्व संकलन
२०८३ श्रावण २, शनिबार
प्रचण्ड र श्रीलंकाली कम्युनिष्ट पार्टीका महासचिव बिच भेटबार्ता
२०८३ श्रावण २, शनिबार
१० वर्षीया बालिका करणी अभियोगमा वृद्धा पक्राउ
२०८३ श्रावण २, शनिबार
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
२०८३ श्रावण २, शनिबार
सप्तरी कारागारमा बिहानै तनाव, कैदीबन्दीबीच विवादपछि सुरक्षा सतर्कता
२०८३ श्रावण २, शनिबार
‘लज्जावती’ को पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक
२०८३ श्रावण २, शनिबार