मंग्सिर २, २०८३ बुधबार November 18, 2026

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

दशकौँदेखि हिंसाग्रस्त पूर्वी कङ्गोमा फैलिएको यो महामारी अझै धेरै महिना लम्बिन सक्ने आकलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

किन्शासा, ११ साउन (रासस/एएफपी) : डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोलाको १७औँ प्रकोप तीव्र बन्दै गएको छ । अधिकारीहरूका अनुसार सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या एक हजार ३५४ पुगेको छ । पछिल्लो १० दिनमै थप एक हजार नयाँ सङ्क्रमण पुष्टि भएपछि स्वास्थ्य निकायको चिन्ता बढेको छ ।

गत मे १५ मा घोषणा गरिएको यो प्रकोप इबोला भाइरसको बुन्डिबुग्यो स्ट्रेनका कारण फैलिएको हो । बुन्डिबुग्यो स्ट्रेनका लागि हालसम्म स्वीकृत खोप वा प्रभावकारी उपचार उपलब्ध छैन । जुलाई १५ मा सङ्क्रमितको सङ्ख्या दुई हजार पुगेको थियो भने अहिले पाँच प्रान्तमा फैलिएको प्रकोपबाट कुल तीन हजार ७५ सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

अधिकारीहरूले परीक्षण र सङ्क्रमितको पहिचान प्रणाली सुधारिएकाले थप सङ्क्रमित फेला परेको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार दक्षिण सुडान र युगान्डाको सीमासँग जोडिएको उत्तरपूर्वी इटुरी प्रान्तमा करिब ९० प्रतिशत सङ्क्रमित भेटिएका छन् ।

दशकौँदेखि हिंसाग्रस्त पूर्वी कङ्गोमा फैलिएको यो महामारी अझै धेरै महिना लम्बिन सक्ने आकलन गरिएको छ । यसबीच तलबको माग गर्दै स्वास्थ्यकर्मीहरूले गरेको हडतालका कारण केही अस्पतालमा उपचार तथा नियन्त्रण अभियान प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने इबोलाले रक्तस्रावी ज्वरो गराउने गर्छ । पछिल्लो ५० वर्षमा अफ्रिकाभरि यस रोगका कारण १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसैबीच वैज्ञानिकहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध खोप र औषधि विकासलाई तीव्र बनाएका छन् । अक्सफोर्ड विश्वविद्यालयले पहिलो चरणमा स्वयंसेवकलाई लक्षित प्रयोगात्मक खोप लगाउन सुरु गरिएको जनाएको छ । अन्य सम्भावित खोपहरू पनि क्लिनिकल परीक्षणको चरणमा रहेका छन् भने दुई सम्भावित उपचार विधिको विकाससमेत भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तातोपानी नाका तत्काल खुलाउन चीनसँग परराष्ट्रमन्त्री खनालको आग्रह
२०८३ मंग्सिर २, बुधबार
सभामुख अर्याल र चिनियाँ जनसंघका अध्यक्ष याङबीच शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
दानबहादुर कार्कीको रिटमा सर्वोच्चले बोलायो दुवै पक्ष, अन्तरिम आदेशबारे निर्णय हुने
२०८३ मंग्सिर २, बुधबार
त्रिवि पुनर्संरचनाअन्तर्गत पीएन क्याम्पसलाई स्वायत्त बनाउने गृहकार्य सुरु
२०८३ मंग्सिर २, बुधबार
मोरङमा निःशुल्क आँखा शिविर, ३ हजार ५०० को परीक्षण र २७५ जनाको मोतियाबिन्दुको शल्यक्रिया
२०८३ मंग्सिर २, बुधबार
एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, विजेताले दोस्रो क्वालिफायर खेल्ने
२०८३ मंग्सिर २, बुधबार
नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला
२०८३ मंग्सिर २, बुधबार