कार्तिक ८, २०८३ आइतबार October 25, 2026

गौथलीको अमेरिका राइटस बिक्री, साउन १ गते सिनेमा हलमा

चलचित्रको ट्रेलर रिलिजपछि दर्शकले उत्साहजनक प्रतिक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २७ असार । चलचित्र ‘गौंथली’को अमेरिका राइट्स बिक्री भएको छ। सेभेन सिस इन्टरनेसनल फिल्मसले ‘गौंथली’को अमेरिका राइट्स खरिद् गरेको हो।

‘गौँथली’का तर्फबाट निर्देशक कपिल रिजाल, कलाकार अरुण क्षेत्री, निर्माता सुमन गिरी तथा सेभेन सिस इन्टरनेसनल फिल्मसका तर्फबाट रोशन सुवेदीबीच खरिद बिक्रीको कागजी सम्झौता भएको छ।

प्रदर्शन मिति नजिकिँदै जाँदा ‘गौँथली’ निर्माण टिमले इन्टरनेसनल राइट्स बिक्री सुरु गरेको हो। सिनेमाको हाइप बढेसँगै ओभरसिज बजारबाट इन्टरनेसनल अधिकारका लागि माग बढेको निर्देशक रिजालले बताए।

नेपालमा साउन १ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्र त्यसको एक हप्तापछि अर्थात् साउन ८ गते (जुलाई २४) बाट अमेरिकाका विभिन्न प्रमुख शहरहरूमा एकसाथ प्रदर्शन हुनेछ।

यो चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङ १ मा छ। चलचित्रको ट्रेलर रिलिजपछि दर्शकले उत्साहजनक प्रतिक्रिया दिइरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा
२०८३ कार्तिक ८, आइतबार
President Paudel pays homage to Nawadurga on Kojagrat Poornima
२०८३ कार्तिक ८, आइतबार
तान्जानिया सरकारका आलोचक केन्यामा अपहरित
२०८३ कार्तिक ८, आइतबार
Dashain gala at Fewa lake, foreign tourists receive tika, jamara
२०८३ कार्तिक ८, आइतबार
राजनीतिकर्मीले राजनीति मात्रै होइन, अनुसन्धान पनि गर्नुपर्छ : बिजुक्छे
२०८३ कार्तिक ८, आइतबार
प्रदेशसभा र प्रदेश परिषद्को अवधारणाबाट संघीयता मजबुत बनाउँछौँ : मनिष झा
२०८३ कार्तिक ८, आइतबार
अनुकूलन कोषबाट नेपालका परियोजना स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि होः मन्त्री चौधरी
२०८३ कार्तिक ८, आइतबार