भाद्र २७, २०८३ शनिबार September 12, 2026

वरिष्ठ कलाकार आरपी पन्त अभिनित पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक

आरपी पन्तको अभिनय कमब्याकसँगै ‘समय’ म्युजिक भिडियो बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस १७ गते। वरिष्ठ कलाकार आरपी पन्त अभिनित पहिलो म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ। गीतकार तथा गायक उत्तम भट्टराईको स्वर र वरिष्ठ सङ्गीतकार शक्ति वल्लभको सङ्गीतमा तयार भएको गीतमा मनोहर सोनामको एरेन्ज छ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको भिडियोमा मुख्य कलाकार आरपी पन्त हुनुहुन्छ। भिडियोमा पन्तका अलावा विकास लामिछाने, लिसा क्षेत्री (बर्नवाल), प्रमिला रुपाखेती र बाल कलाकार प्रवेश पौडेलको अभिनय छ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको भिडियोमा उत्सव दाहालको छायाङ्कन र मीन रावलको सम्पादन रहेको छ। गीतमा भोला पौडेलको रेकर्डिङ तथा किशोर थापाको मिक्सिङ, माष्टरिङ रहेको छ।

सङ्गीतकार वल्लभले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा समयानुकूल गीत ल्याउन पाउँदा खुसी व्यक्त गर्नुभयो। वरिष्ठ कलाकार पन्तले भन्नुभयो, ‘सदाबहार गीतको भिडियोबाट अभिनयमा कमब्याक गर्न पाउँदा खुसी छु ।’

निर्देशक रुपाखेतीले माया पिरतीका कथामा भिडियो निर्देशन गरिरहे पनि जीवन्त सिर्जनामा काम गर्नुलाई सुखद अध्यायको रूपमा लिएको बताउनुभयो। ‘समय अनुसारको परिवर्तनको विषयलाई गीतलाई न्याय गर्ने गरी सृजनशीलता प्रयोग गरेको छु’, उहाँले भन्नुभयो । उहाँले एक हजार बढी भिडियो निर्देशन गरिसक्नुभएको छ।

भिडियो सार्वजनिक कार्यक्रममा एरेन्जर मनोहर सोनाम, मोडल लिसा क्षेत्री (बर्नवाल) लगायतको उपस्थिति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया