मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

कोरोना कहरः देशभरका गर्भवती महिला प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन् । कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् ।

पहिलो मृत्यु सुत्केरी महिलाको नेपालमा कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु सुत्केरी महिलाको भएको थियो । सिन्धुपाल्चोक, बाह्रेबिसेकी २९ वर्षीया महिलाको धुलिखेल अस्पतालमा जेठ ३ गते मृत्यु भएको थियो । वैशाख २३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई २४ गते सुत्केरी भएपछि २५ गते उहाँ डिस्चार्ज हुनुभएको थियो ।

त्यसपछि सिन्धुपाल्चोक जानुभएकोमा उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या आएपछि धुलिखेल अस्पतालमा ल्याइएकोमा उहाँको मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकोमा थप प्रस्ट गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइएकोमा त्यहाँ पनि कोरोना पोजेटिभ देखिएको थियो ।
उहाँले जन्माउनुभएको शिशुमा भने कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

गर्भवती महिलालाई दुःखैदुःख
अस्पतालमा नियमित गर्भ जाँच गर्न आउने र अस्पतालमा सुत्केरी हुने सङ्ख्या पनि विगतको तुलनामा घटेको छ । सिन्धुपाल्चोककी समीक्षा भट्टराई भक्तपुरस्थित कौशलटारमा बस्नुहुन्छ । उहाँ गर्भवती भएको सात महिना पुग्यो । उहाँले सिभिल अस्पतालमा नियमित गर्भ परीक्षण गर्नुभयो । बन्धधदाबन्दीको समयमा आकस्मिक रक्तस्राब भएपछि एम्बुलेन्सका लागि उहाँले सिभिल अस्पतालमा फोन गर्नुभयो ।

सिभिल अस्पतालमा एम्बुलेन्सको व्यवस्था थिएन । सम्पर्कमा भएका ट्याक्सी, गाडीलाई हारगुहार गर्नुभयो तर बन्दाबन्दीले गर्दा नपाएपछि एक जना नेतालाई फोन गर्नुभयो । नेताले एक जना प्रहरीमा कार्यरत आफन्तलाई भनिदिएपछि उसैको बाइकमा चढेर प्रसूति गृह जानुभयो । नियमित परीक्षणमा नगएपछि रक्तस्राब भएर उहाँको गर्भ खेर गयो ।

यस्तै जोरपाटीमा बस्नुभएका रुक्मणि सुवेदीले पनि लकडाउनले गर्दा सवारी साधन पाउनुभएन । उहाँलाई गाह्रो भइसकेको थियो । उहाँले पनि त्यसअघि थापाथलीस्थित प्रसूति गृहमा नियमित परीक्षण गर्नुभएको थियो । राजधानीमा भएर पनि सवारी साधन नपाउँदा असह्य पीडाका बीच उहाँले कोठामै बच्चा जन्माउनुभयो । यी दुई प्रतिनिधि पात्र मात्र हुन् । कोरोनाका कारण यस्ता धेरै गर्भवती महिलाले ठूलो कष्ट सहनुपरेको छ । कतिपय गर्भवती महिला समयमा उपचार नपाएर मृत्युको मुखमा समेत पुगेका छन् ।

घट्यो अस्पताल आउने सङ्ख्या
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. सङ्गीता मिश्रले कोरोनाले सबैभन्दा बढी दुःख गर्भवती महिलाले पाएको जानकारी दिनुभयो । उहाँले नियमित परीक्षणमा आउनलाई समेत गर्भवतीलाई कठिन परेको जानकारी दिँदै धेरै कष्ट झेलेर आएकाहरूको भने सहज रूपमै उपचार भइरहेको बताउनुभयो । कोरोनाका कारण धेरै जना गर्भवती सङ्क्रमित भइरहेको जानकारी दिँदै डा। मिश्रले उनीहरूको परीक्षणमा रहेका चिकित्सक तथा नर्सले पनि ठूलो जोखिम मोलेर सेवा गरिरहेको बताउनुभयो ।

उहाँले सामान्य अवस्थामा दैनिक ८० देखि ८४ जनासम्म प्रसूति गृहमा सुत्केरी हुने गरेकोमा कोरोनाका कारण उक्त सङ्ख्या घटेर ४५ देखि ५५ जनासम्म सीमित रहेको बताउनुुभयो ।

चार महिनामा ८५ जनाको मृत्यु
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार गत वर्ष चैत ११ गतेदेखि असारसम्म देशभर ८५ जना गर्भवती महिलाको मृत्यु भएको छ । त्यस महाशाखा अन्तर्गत मातृ तथा नवजात शिशु शाखा प्रमुख डा। पुण्य पौडेलले झन्डै चार महिनाको अवधिमा ८५ जनाको मृत्यु सङ्ख्या सामान्यभन्दा धेरै भएको जानकारी दिँदै सबैभन्दा बढी प्रदेश ५ मा २६ जना गर्भवती महिलाको मृत्यु हुन पुगेको बताउनुभयो ।

परीक्षण गर्न आउने घटे
मातृ तथा नवजात शिशु प्रमुख डा। पौडेलले कोरोना महामारीको समयमा विगतको तुलनामा गर्भ परीक्षण गर्न आउनेसमेत न्यून रहेको जानकारी दिनुभयो । चैत महिनामा मात्र २७ प्रतिशतले गर्भ परीक्षण गर्न आएको उहाँले जानकारी दिनुभयो । त्यस्तै असारमा २२ प्रतिशतले गर्भ परीक्षण गर्न आउने महिलाको सङ्ख्या घटेको समाचार आजको गोरखापत्रमा प्रकाशित रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार