मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

ला लिगा : सेल्टा भिगोसँग रियल म्याड्रिड स्तब्ध

रियल म्याड्रिड ९ खेलाडीमा रहेर सेल्टा भिगोसँग २-० ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, मंसिर २२ । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड स्तब्ध बनेको छ । आइतबार राति भएको खेलमा ९ खेलाडीमा समेटिएको रियल म्याड्रिड सेल्टा भिगोसँग २-० गोलले पराजित भएको हो ।

इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन विलियट स्वेडबर्गले दुई गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३ औँ मिनेटमा विलियटले गोल गर्दै सेल्टा भिगोलाई शुरूवाती अग्रता दिलाएका थिए ।

६४ औँ मिनेटमा फ्रान्सिस्को गार्सिया दुई मिनेटको अन्तरालमा दुई पहेंलो कार्डसहित रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि म्याड्रिड १० खेलाडीमा समेटिएको थियो ।

दोस्रो हाफको इन्जुरी समयमा अल्भारो कारेरासपनि रातो कार्ड पाउँदै मैदान छोडेपछि म्याड्रिडले ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । एक मिनेटपछि विलियटले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई २-० गोलको जित दिलाएका हुन् ।

जितसँगै सेल्टा भिगो १५ खेलबाट १९ अंक जोड्दै दसौं स्थानमा उक्लिदा म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंकदुरी घटाउने मौका गुमाएको छ । हाल म्याड्रिड १६ खेलबाट ३६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ भने शीर्ष स्थानको बार्सिलोनाको समान खेलबाट ४० अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार