मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एनपिएल : विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम दोस्रो पटक फाइनलमा

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम एनपिएलको फाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर २३ गते । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरमा विराटनगर किङ्सलाई ७७ रनले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल प्रवेश गरेको छ।

सुरुमा ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेटको क्षतिमा १५५ रन बनायो। उसका लागि ओपनर विनोद भण्डारीले ५२ बलमा तीन चौका र दुई छक्कासहित ६३ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए। शेल्डन ज्याक्सन र आरिफ शेखले समान २०–२० रन जोडे, हरमित सिंहले १४ रन, डा‍. इशान पाण्डेले १३ रन र मुख्तार अहमदले १० रन बनाए।

विराटनगरका प्रतिश जिसी र मर्चेन्ट डे लाङ्गेले दुई–दुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले एक–एक विकेट हात पारे। सन्दीप लामिछाने भने विकेटविहीन रहे।

१५६ रनको लक्ष्य पछ्याउन आएको विराटनगर १४ ओभर १ बलमा सबै विकेट गुमाएर ७८ रनमै समेटियो। विराटनगरका लागि फाफ डु प्लेसिसले ३६ रन बनाए भने मर्चेन्ट डे लाङ्गेले १५ रन र बसिर अहमदले १२ रन जोडे।

सुदूरपश्चिमका स्कट कुगलेइजन, हरमित सिंह र अविनास बोहराले दुई–दुई विकेट लिए। दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले एक–एक विकेट हात पारे।

पहिलो क्वालिफायरमा पराजित विराटनगरले अब एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। बुधबार काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्सबीच एलिमिनेटर खेल हुनेछ।

पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा प्रवेश गर्न सफल भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार