भाद्र २, २०८३ मंगलबार August 18, 2026

नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो

शेयर बजारमा पुनः गिरावट, अधिकांश उपसमूह राताम्मे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ। गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो, तर बुधबार पुनः घटेर २६०६.२० विन्दुमा झरेको छ, जसमा ७.८६ अंकको कमी आएको छ।

यसदिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ। कारोबार रकम पनि केही घटेको देखिएको छ। मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन ३ स्टकले सकारात्मक सर्किट हानेको देखिएको छ। स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.५ प्रतिशत भन्दा बढी र थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशत भन्दा बढी बढेको छ।

कारोबारमा आएको झापा इनर्जीको शेयर मूल्य यस दिन ९.३०% ले घटेको छ।कारोबार रकमका आधारमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ, जसको २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

त्यसैगरी, ङादी ग्रुप पावरको कारोबार १७ करोड रुपैयाँभन्दा बढी र युनिभर्सल पावर कम्पनीको कारोबार साढे ११ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये बुधबार १ उपसमूहको परिसूचक मात्र बढेको छ, जुन म्युचुअल फण्ड उपसमूह हो। बाँकी १२ उपसमूहको परिसूचक घटेको छ, तर गिरावट दर १% भन्दा कम रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार