मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

युइएफए च्याम्पियन्स लिग : बार्सिलोना र लिभरपुल विजयी

पराजित इन्टर समान खेलबाट १२ नै अङ्कसहित पाँचौँ स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर २४ गते । बार्सिलोना र लिभरपुलले युइएफए च्याम्पियन्स लिगमा जित निकालेका छन् । घरेलु मौनमा मङ्गलबार राति भएको खेलमा बार्सिलोनाले फ्याङ्कफर्टलाई २–१ गोलले हरायो । यस्तै लिभरपुलले इन्टर मिलानलाई १–० गोलले पराजित गर्‍यो ।

बार्सिलोनालाई जिताउन दुवै गोल कुन्डेले गर्नु भयो । उहाँले ५०औँ र ५३औँ मिनेटमा गोल गर्नु भयो । यसअघि फ्याङ्कफर्टका अन्सगर नउफले २१औँ मिनेटमा सुरुवाती गोल गर्नुभएको थियो ।

जितसँगै ६ खेलबाट १० अङ्क बनाएको बार्सिलोना १४औँ स्थानममा छ । पराजित फ्याङ्कफर्ट समान खेलबाट चार अङ्क जोड्दै ३०औँ स्थानमा छ ।

यस्तै प्रतिस्पर्धात्मक अर्को खेलमा लिभरपुललाई जिताउन डोमोनिक स्जोबोसजलाईले ८८औँ मिनेटमा निर्णायक गोल गर्नु भयो । मध्यभागमा उत्कृष्ट प्रदर्शन गरेको घरेलु टोली इन्टर मिलानको गोल फर्काउने प्रयास भने सफल भएन ।

जितसँगै ६ खेलमा १२ अङ्क बनाएको लिभरपुल आठौँ स्थानमा छ । पराजित इन्टर समान खेलबाट १२ नै अङ्कसहित पाँचौँ स्थानमा छ ।

मङ्गलबार राति नै भएको अन्य खेलमा  मोनाकोले गालातासारे र ओलिम्पियोकसले काइरातलाई १–०, बायर्न म्युनिखले स्पोर्टिङलाई ३–१, मर्सेले रोयल युनियन सेन्ट गिलोइस र एट्लेटिको म्याड्रिडले पीएसभीलाई ३–२, बार्सिलोनाले फ्याङ्फर्ट तथा एटलान्टाले चेल्सीलाई २–१ र टोट्टनहामले साल्भिया प्रागलाई ३–० गोलले पराजित गरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार