मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

एनपिएल एलिमिनेटर : काठमान्डुद्वारा लुम्बिनीलाई ११२ रनको सामान्य लक्ष्य

आज जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, मङ्सिर २४ गते । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटर खेलमा काठमान्डु गोर्खाजले जितका लागि लुम्बिनी लायन्सलाई एक सय १२ रनको सामान्य लक्ष्य दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.१ ओभरका सबै विकटको क्षतिमा एक सय ११ रन बनायो ।

पावर प्लेमै चार विकेट गुमाएको काठमान्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाउनुभयो । यस्तै जोन सम्पसन र मोहमद आदिल आलमले १८/१८ र भिम सार्कीले १४ रन बनाउनुभयो ।

काठमान्डुलाई धरासायी बनाउन बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेल र शेर मल्लले तीन तीन विकेट लिनुभयो । रुवेन ट्रम्पलम्यानले दुई तथा अविनाश गौतमले एक विकेट लिनुभयो ।

आज जित्ने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ । हार्ने टाली बाहिरिनेछ । दोस्रो क्वालिफायरमा बिहीबार पहिलो क्वालिफायरमा पराजित भएको विराटनगर किङ्स र आजको विजेताबिच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो क्वालिफायर विजेता सुदूरपश्चिमले फाइनलमा स्थान बनाई सकेको छ ।

लिग चरणको खेलपछि काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेको थियो। लिग चरणको खेलमा काठमान्डु लुम्बिनीलाई २२ रनले हराएको थियो । त्यसैले लुम्बिनीलाई आज काठमान्डुसँग बदला लिने राम्रो मौका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार