असार २४, २०८२ मंगलबार July 8, 2025

भारतीय गृहमन्त्री अमित शाह कोरोना पुष्टीपछी अस्पताल भर्ना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतीय गृहमन्त्री अमित शाहलाइ अस्पताल भर्ना भएका छन् ।  गत महिना कोरोना संक्तमण देखिएपछि उनी गुरुग्रामको एक प्राइभेट अस्पतालमा भर्ना भएका थिए ।

संक्रमणमुक्त भएपछि गृहमन्त्री शाहलाई अस्पतालले डिस्चार्ज गरेको थियो । तर, थकान र शरीरको दुखाइ निको नभएपछि उनी शनिवार राति दिल्लीको एम्स अस्पतालमा भर्ना भएका बीबीसीले जनाएको छ ।

यसअघि उनका नजिकका व्यक्तिहरुले गृहमन्त्री शाहलाई श्वास फोर्न समस्या भएपछि एम्समा भर्ना गरिएको बताएका थिए । एम्सको मिडिया विभागका अनुसार गृहमन्त्री अमित शाहलाई कोभिड केयरपछि ३० अगस्टमा एम्सबाट डिस्चार्ज गरिएको थियो ।

डिस्चार्जको समयमा दिइएको सल्लाहअनुसार संसद सत्रभन्दा अगाडि सम्पूर्ण मेडिकल चेकअपका लागि एक–दुई दिनसम्म अस्पतालमा भर्ना गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया