पुष १८, २०८२ शुक्रबार January 2, 2026

त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र

प्रदर्शनीमा एनिमेटेड चलचित्र प्रदर्शन, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी र संवादजस्ता विविध कार्यक्रम समावेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कीर्तिपुर (काठमाडौँ), २८ मङ्सिरः त्रिभुवन विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’ औपचारिक रूपमा सुरु भएको छ ।

आजदेखि विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा सुरु भएको चिनियाँ चलचित्रहरूको विशेष प्रदर्शनमा कलाकार तथा चलचित्रकर्मी अनिल यादव, बुद्धि तामाङ, पवित्रा शङ्की, केपी पाठक, विभागका प्रमुख प्राध्यापक कुन्दन आर्याललगायत विभिन्न व्यक्तित्वको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी अतिथि, प्राध्यापक र विद्यार्थीबीच चलचित्र, एनिमेसन, संस्कृति र प्रविधिका विषयमा छलफल भएको थियो ।

‘सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन’ मूल नारासहित आयोजना गरिएको उक्त प्रदर्शनीमा एनिमेटेड चलचित्र प्रदर्शन, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी र संवादजस्ता विविध कार्यक्रम समावेश गरिएका छन् । परम्परागत चिनियाँ संस्कृतिलाई आधुनिक प्रविधिसँग संयोजन गरी प्रस्तुत गरिएका श्रव्य–दृश्य सामग्रीले नेपाली विद्यार्थीलाई विशेष रूपमा आकर्षित गरेको थियो ।

May be an image of textकार्यक्रमको सुरुआत एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट निर्माण गरिएको प्रवर्द्धनात्मक छोटो चलचित्रबाट गरिएको थियो । त्यसपछि कृत्रिम बौद्धिकतामार्फत सिर्जित (एआईजिसी) प्रविधिको एनिमेटेड छोटो चलचित्र ‘स्पिरिट अफ द माउन्टेन्स’ समेत प्रदर्शन गरिएको थियो । चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा ‘छ्वानसिङ तुओ’ (पूर्ण–आकार रबिङ) प्रविधिबाट प्रेरित यस चलचित्रले परम्परागत संस्कृतिसँग कृत्रिम बुद्धिमत्ताको अद्वितीय संयोजन प्रस्तुत गर्दै दर्शकको प्रशंसा बटुलेको थियो । चलचित्र प्रदर्शनपछि निर्देशक पाङ जियाले भिडियो लिंकमार्फत प्रत्यक्ष रूपमा एआई दृश्य–निर्माण प्रक्रियासमेत प्रस्तुत गर्नुभएको थियो । साथै निर्माता जुन्यान हुआङले विद्यार्थीसँगको अन्तरक्रियात्मक प्रश्न–उत्तर सत्रमा सहभागिता जनाउँदै रोचक वातावरण सिर्जना गर्नुभएको थियो ।

May be an image of text that says 'Through hrou th Meet Let' the @Himalayas, Himalayan Rim Film Exhibiti हिमालयपार चलचित्र प्रदर्शनी 2025 环喜马拉雅地区 首届 Hi . Fil łayan 影像巡展 Ri प्रथम हिमालयपार चलचित्र EX प्रदर्शनी 12/1 ition'कार्यक्रमको दिवा सत्रमा एनिमेटेड फिल्म ‘द लिजेन्ड अफ हेइ’ प्रदर्शन गरियो, जसले ठूलो सङ्ख्यामा विद्यार्थीको ध्यान तानेको थियो । यस चलचित्रले आफ्नो विशेष डायनामिक स्टोरीबोर्ड प्रि–भिजुअलाइजेसन प्रविधिमार्फत मानव र ‘दानव’–पहाड, पानी, काठ, ढुङ्गा र जनावरका प्रतीकात्मक पात्रबीचको सहअस्तित्वको हृदयस्पर्शी कथा प्रस्तुत गर्छ । प्रकृति र मानवको एकता तथा सबै जीवको सहअस्तित्व भन्ने पारिस्थितिक सन्देशले दर्शकलाई गहिरो रूपमा प्रभावित बनायो । त्यसपछि आयोजना गरिएको ‘ब्लाइन्ड बक्स इन्टरएक्सन’ सत्रमा विद्यार्थीले प्रश्नावली र विभिन्न गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाउँदै सीमित संस्करणका चलचित्र सामग्री जित्न सक्रिय रूपमा भाग लिएका थिए ।

प्रदर्शनीको सहभागी त्रिवि शिक्षक र विद्यार्थीले स्वागत गरेका थिए । अधिकांशले चलचित्र प्रदर्शन र अनुभव आदान–प्रदानमार्फत चिनियाँ एनिमेसनको विशिष्ट सौन्दर्य र उच्चस्तरीय निर्माण प्रविधिलाई नजिकबाट बुझ्न पाएको प्रतिक्रिया दिएका छन् । साथै, डिजिटल सिर्जनाको क्षेत्रमा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाप्रति उनीहरू आशावादी देखिए ।

आयोजकका अनुसार, यस भ्रमणशील प्रदर्शनीले अत्याधुनिक कृत्रिम बौद्धिकता प्रविधि एआइजिसी निर्माण प्रक्रियालाई प्रत्यक्ष रूपमा विश्वविद्यालय क्याम्पसमा भित्र्याएको छ । यसले सांस्कृतिक जनचेतना विस्तारसँगै शैक्षिक तथा अनुसन्धानका अग्रपंक्तिका विषय समेट्दै नेपालमा सम्बन्धित विषयको अध्यापन र अनुसन्धानका लागि एउटा जीवन्त विषय प्रदान गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा
२०८२ पुष १८, शुक्रबार
भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु
२०८२ पुष १८, शुक्रबार
संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित
२०८२ पुष १८, शुक्रबार
अल शबाब विरुद्ध मध्य क्षेत्रको अपरेसनमा २९ जना लडाकु मारिएको सोमाली सेनाको दावी
२०८२ पुष १८, शुक्रबार
थारु बस्तीमा माघी पर्वको तयारी सुरु
२०८२ पुष १८, शुक्रबार
प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान
२०८२ पुष १८, शुक्रबार
बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै
२०८२ पुष १८, शुक्रबार