श्रावण १४, २०८३ बिहिबार July 30, 2026

निर्वाचनमार्फत नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की

ललितपुर महानगरपालिकाको ऐतिहासिक योगदानको प्रशंसा गर्दै स्थानीय तहको सशक्तिकरण लोकतन्त्रको बलियो आधार भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुसारको सरकारलाई सत्ता हस्तान्तरण गर्न सरकार पूर्ण रूपमा तयार र आतुर रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई सुरक्षित, लोकतान्त्रिक र संविधानसम्मत बाटोमा अघि बढाउने एकमात्र उपाय निर्वाचन नै भएको स्पष्ट पारिन् ।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी युवाहरूको आन्दोलनपछि देशमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको उल्लेख गर्दै वर्तमान सरकार सुशासन र निर्वाचनलाई दुई मुख्य एजेन्डाका रूपमा लिएर अघि बढिरहेको बताइन् । उनले आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने स्पष्ट लक्ष्यसहित सरकार अहोरात्र खटेर तयारीका काम तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिइन् ।

“निर्वाचनमार्फत जनताले व्यक्त गर्ने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ,” प्रधानमन्त्री कार्कीले भनिन्, “त्यसैले यो निर्वाचन कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सक्रिय सहयोग आवश्यक छ ।”

उनले मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित रूपमा अघि बढाउन निर्वाचन बाहेक अन्य विकल्प नरहेको दोहोर्‍याइन् । समाजमा अराजकता र अव्यवस्थाले स्थान पाउन नहुने स्पष्ट पार्दै प्रधानमन्त्री कार्कीले शान्ति खल्बल्याउने, कानून हातमा लिने तथा आपराधिक गतिविधिमा संलग्न हुने तत्वहरूलाई नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको पनि बताइन् ।

प्रधानमन्त्री कार्कीले अराजक तत्वविरुद्ध राज्य संयन्त्र मात्र होइन, समुदायको भूमिका पनि महत्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई हातेमालो गर्न आह्वान गरिन् । “खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि उत्तिकै भूमिका हुन्छ,” उनले भनिन्, “शान्ति, स्थिरता र लोकतन्त्रको संरक्षणका लागि हामी सबै एकजुट हुन आवश्यक छ ।”

कार्यक्रममा प्रधानमन्त्री कार्कीले ललितपुर महानगरपालिकाको ऐतिहासिक योगदानको प्रशंसा गर्दै स्थानीय तहको सशक्तिकरण लोकतन्त्रको बलियो आधार भएको उल्लेख गरिन् । सरकार आगामी निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर जनताको निर्णयअनुसार सत्ता हस्तान्तरण गर्न प्रतिबद्ध रहेको सन्देश उनले सो अवसरमा दोहोर्‍याइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच भेटवार्ता
२०८३ श्रावण १४, बिहिबार
तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
२०८३ श्रावण १४, बिहिबार
तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी
२०८३ श्रावण १४, बिहिबार
नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
२०८३ श्रावण १४, बिहिबार
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण १४, बिहिबार
गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै
२०८३ श्रावण १४, बिहिबार
‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक’ स्वीकृत
२०८३ श्रावण १४, बिहिबार