श्रावण ३१, २०८३ आइतबार August 16, 2026

तालिबान अधिकारीमाथि आक्रमण गरेको आइएसको दाबी

जबिहुल्लाह अमिरीलाई प्रान्तीय राजधानी फैजाबाद जाँदै गर्दा गोली हानेर हत्या गरेको समुहका दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काबुल, १४ साउन (रासस/एएफपी) : इस्लामिक स्टेट समूह (आइएस) को एक क्षेत्रीय शाखाले उत्तरपूर्वी अफगानिस्तानमा एक जना तालिबान अधिबकारी माथि आक्रमण गरेको दाबी गरेको एक छ ।

बदख्सानको सूचना तथा संस्कृति विभागका प्रमुख जबिहुल्लाह अमिरीलाई प्रान्तीय राजधानी फैजाबाद जाँदै गर्दा गोली हानेर हत्या गरेको समुहका दाबी छ ।

अफगानिस्तान र पाकिस्तानको शाखा इस्लामिक स्टेट समूहले बुधवार आक्रमण गरेको बताएको छ । “खिलाफतका सैनिकहरूले तालिबान मिलिसियाका एक कमान्डरलाई… मेसिन गनले हानेर उहाँका एक गार्डसहित उहाँको हत्या गरेको निगरानी संस्था साइट ”इन्टेलिजेन्स ग्रुप “ ले उद्धृत गरेको विज्ञप्तिमा भनिएको छ ।

मृतक अमिरी दक्षिणी हेलमण्ड प्रान्तका गभर्नर अमनुद्दीन मन्सुरका भतिजा रहेको जनाएको छ ।

अफगानिस्तानको सूचना र संस्कृति मन्त्रालयले “कायरतापूर्ण आक्रमण“ पछि एक आक्रमणकारी मारिएको र दोस्रोलाई पक्राउ गरेको बताएको छ ।

मन्त्रालयले “इस्लामिक सरकारका शत्रुहरूलाई यस्तो कायरतापूर्ण कार्यले संकल्पलाई कहिल्यै कमजोर नपार्ने जनाएको छ ।

तालिबान अधिकारीहरूले अफगानिस्तानमा सुरक्षा पुनस्र्थापना गर्ने प्रतिवद्धता गरेको भएता पनि सन् २०२१ मा सत्तामा फर्किए पछि छिट –पुट आक्रमणहरू जारी रहेको जनाइएको छ ।

इस्लामिक स्टेट समूहको क्षेत्रीय शाखाले जनवरीमा मध्य काबुलको एक चिनियाँ रेस्टुरेन्टमा भएको विस्फोटसहित कम्तीमा सात जनाको ज्यान गएको दाबी गरेको छ ।

जिहादी समूहले सन् २०२४ डिसेम्बरमा काबुलमा भएको आत्मघाती बम विस्फोटको समेत जिम्मेवारी लिएको थियो जसमा शरणार्थी मन्त्री खलील उर– रहमान हक्कानीको मृत्यु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार