पुष २३, २०८२ बुधबार January 7, 2026

विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति : उपराष्ट्रपति यादव

तोल ल्होसार, नयाँ वर्षको आगमन मात्र होइन, सामाजिक एकता, सांस्कृतिक पहिचान र राष्ट्रिय भावनालाई सुदृढ बनाउने अवसर पनि हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, पुस ५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले हाम्रा चाडपर्वहरूले भाषा, संस्कृति, रीतिरिवाज र पहिरनलाई जीवन्त राख्दै नेपालको सांस्कृतिक विविधतालाई संरक्षण गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

शनिबार तोल ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले पर्वलाई पर्यटनसँग जोडेर प्रवर्धन गर्दा स्थानीय आर्थिक गतिविधि सशक्त हुने मात्र होइन, राष्ट्रिय स्तरमा सकारात्मक ऊर्जा थपिने विश्वास लिनुभको छ ।

‘‘मौलिक पर्व तोल ल्होसार, नयाँ वर्षको आगमन मात्र होइन, सामाजिक एकता, सांस्कृतिक पहिचान र राष्ट्रिय भावनालाई सुदृढ बनाउने अवसर पनि हो । घर–आँगन शुद्ध पार्ने, मान्यजनसँग आशीर्वाद ग्रहण गर्ने र परम्परागत परिकारको स्वादमा रमाउँदै परस्पर शुभकामना आदान–प्रदान गर्ने परम्पराले यस पर्वलाई थप अर्थपूर्ण बनाउँदछ ।,’’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘‘यसले समुदायबिचको आपसी विश्वास, सहयोग र मैत्रीभावलाई बलियो बनाउँदै राष्ट्रिय एकता र सद्भावलाई मजबुत बनाउने कार्यमा टेवा पुर्‍याउँदछ ।’’

नेपालको संविधानले अंगीकार गरेको गणतन्त्र, सङ्घीयता, समानता, समावेशिता, धर्मनिरपेक्षता र कानुनी राज्यका मूल्यलाई चाडपर्वहरूले अझै सुदृढ बनाउँदछ । विविधता भित्रको एकता नै हाम्रो राष्ट्रिय शक्ति हो । तोल ल्होसारले यस भावनालाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्दछ ।

उपराष्ट्रपति यादवले यस पर्वले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिको प्रेरणा जगाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
२०८२ पुष २३, बुधबार
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार