बैसाख १७, २०८३ बिहिबार April 30, 2026

रूसमा सत्तारूढ पार्टीलाई स्थानीय चुनावमा बहुमत हासिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः रूसको केन्द्रीय निर्वाचन आयोगले सोमबार सार्वजनिक प्रारम्भिक नतिजा अनुसार सत्तारुढ पार्टी युनाइटेड रसियाले शुक्रवारदेखि आइतबारसम्मको स्थानीय निर्वाचनको नतिजामा बहुमत सदस्य जित्न सफल भएको छ ।

रसियाका ८५ क्षेत्रमध्ये ८३ क्षेत्रमा गरिएको निर्वाचनले १८ क्षेत्रीय गभर्नर, चार प्रदेशका सभासद, ११ वटा क्षेत्रीय संसद सदस्य र २२ नगरपालिका सभाका सदस्यलाई निर्वाचित गर्नेछ ।

यूनाइटेड रसिया पार्टीले निर्वाचन भएका सम्पूर्ण पदहरूमा बहुमत प्राप्त गर्ने निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क र जारी मत गणनाले देखाएको छ ।

“निर्वाचन कुनै अवरोध विना सम्पन्न भएको र सामान्यतया स्वच्छ तथा स्वतन्त्ररूपमा सम्पन्न भएका छन्,” निर्वाचन आयोगका प्रमुख एला पाम्फिलोभाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार