मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा

बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा चार अङ्कले अगाडि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, पुस ७ गते । स्पेनिस ला लिगाको शीर्ष स्थानमा आसिन बार्सिलोनाले भिल्लारियलमाथि सहज जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई उसैको मैदानमा २–० गोलले हरायो । बार्सिलानाको जितमा राफिन्हाले १२औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । ६३औँ मिनेटमा लामिन यमलले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताउनुभयो ।

३९औँ मिनेटमा १० खेलाडीमा समेटिएको भिल्लारियलको गोल फर्काउने प्रयास सफल भएन । भिल्लारियलका रेनाटो भेइगा रातो कार्ड पाउँदै बाहिरिएपछि बार्सिलोनालाई जित निकाल्न सहज भएको थियो ।

जितसँगै बार्सिलोनाले १८ खेलबाट ४६ अङ्क बनाएको छ । बार्सिलोना दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा चार अङ्कले अगाडि छ । पराजित भिल्लारियल ३५ अङ्कसहित चौथो स्थानमा छ ।

यस्तै अर्को खेलमा एट्लेटिको म्याड्रिडले जिरोनालाई ३–० गोलले हरायो । जितसँगै ३७ अङ्क बनाएको एट्लेटिको तेस्रो स्थानमा उक्लिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार