काठमाडौं । तराई मधेशमा अत्याधिक चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरपालिकाले तीन दिन पठनपाठन स्थगित गरेको छ ।
बढ्दो प्रतिकुल मौसमका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने भन्दै महानगरपालिकाले सबै विद्यालयहरुमा पठनपाठन स्थगित गरेको हो ।
वर्षे बिदाबाट कट्टा हुने गरी महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म सबै विद्यालयहरुमा पढाई स्थगित गरेको जनाएको छ । पुस ११ गते शैक्षिक क्यालेन्डरमा सट्टा बिदा राखिएकाले १३ गते आइतबारबाट मात्र विद्यालय सञ्चालन हुने महानगरले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया