काठमाडौंः नजिकिदै गरेको महान चाड बिजया दशमीलाई लक्षित गरेर गीतसंगीत बजारमा आउन थालिसकेका छन् । यस्तैमा लोकप्रिय गायक खुमन अधिकारी र गायिका शान्तीश्री परियारको स्वरमा दशै गीत ‘मर्ने बाच्नेको’ सार्वजनिक गरिएको छ ।
शिवदर्शन फिल्मले गीत आकर्षक भिडियो सहित सार्वजनिक गरेको हो । म्यूजिक भिडियोमा बिमल अधिकारी, दिब्यनी वली, रमेश अधिकारी, सौभाग्य सिंह, आरोश भुषाल, सुमन बजगाँई, बिष्णु वस्ती, अर्चना भुषाल लगायतको अभिनय रहेको छ ।
बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ । गायिका तथा कलाकार गायत्री थापाको निर्देशा रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ ।
बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुन् । बिदेशमा रहेका युवा दशैमा घर आउन नपाउदा उसले र उसको परिवारले महशुस गर्ने दुःख भिडियोमा देखाउन खोजिएको छ ।
गायिका तथा कलाकार गायत्री थापाको निर्देशा रहेको भिडियोमा करण चौसिरको छायाँकन तथा मनोज कार्कीको सम्पादन रहेको छ । बिष्णु न्यौपानेको शब्द तथा खुमन अधिकारीकै संगीत रहेको गीतको म्युजिक एरेन्जर हेमन्त शिशिर हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया