कार्तिक २२, २०८३ आइतबार November 8, 2026

कक्षा १२को परीक्षा फाराम खुल्यो (सूचना सहित)

छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि कक्षा १२ को परीक्षा फाराम खुलेको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले मंगलबार सूचना जारी गर्दै १२ को लागि फाराम खुला गरिएको बताएको हो ।

यो अवधिमा छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९ (अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र) का विद्यार्थीका लागि फाराम खुलाइएको हो ।

यस्तै छुटेका विद्यार्थीहरुले विलम्ब शुल्कसहित माघ १५ गतेसम्म फाराम भर्न सक्ने छन् ।

सूचना हेर्नुहाेस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया