असार २३, २०८२ सोमबार July 7, 2025

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा असोज १३ गतेदेखि शुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पूर्वाञ्चल विश्वविद्यालयले नियमित तर्फको सेमेष्टर प्रणालीको परीक्षा असोज १३ गतेदेखि सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा.सूर्यप्रसाद संग्रौलाले नियमित तर्फ पहिलो, तेस्रो, पाँचौ र सातौं सेमेष्टरको परीक्षा असोज १३ गतेदेखि तिहारको अघिल्लो दिन सम्म सक्ने गरी समय तालिका बनाएको बताए ।

नियमित तर्फ सेमेष्टर प्रणालीको परीक्षा वैकल्पिक “टाइम बाउन्ड होम एक्जाम” बाट सञ्चालन गरिने छ । विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद् निर्णयानुसार सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु मात्र वैकल्पिक विधिबाट गर्ने निर्णय भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया