मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

यातायात कर, नविकरण र जरिवानाको म्याद तीन महिना थप्न प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः काठमाण्डौं उपत्यकाका यातायात व्यवस्था तथा सेवा कार्यालयहरुले सवारी कर, नविकरण र जरिवानाको लागि ९० दिन समय थप्न मन्त्रालयमा प्रस्ताव पठाएका छन् ।

उपत्यकाका ४ ओटा सेवा तथा सवारी कार्यालय र ४ ओटा लाइसेन्स कार्यालय प्रमुखहरुरु संयुक्त बैठक बसेर माइनोट गरी बाग्मती प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालयमा प्रस्ताव पठाएको यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमती पत्र, चावहिलका कार्यालय प्रमुख विष्णु कुमार भट्टराईले जानकारी दिए।

‘हामीले मन्त्रालयमा २ पटक प्रस्ताव पठाइसकेका छौं। अहिले मन्त्रालयको निर्देशन पर्खेर बसेका हौं,’ उनले भने।निषेधआज्ञाको कारण काम रोकिएकोले अहिले कार्यालयमा सेवाग्राहीको संङ्ख्या अत्याधिक बढेको उनले बताए।‘सबै कार्यालयको अवस्था उस्तै रहेछ। त्यसकारण हामी ८ ओटै कार्यालयका प्रमुख बैठक बसेर मन्त्रालयमा प्रस्ताव पठाएका हौ,’ भट्टराईले भने ।

कार्यालयले भीड नियन्त्रण गर्न धेरै प्रयास गरेपनि बेला बेलामा भीड नियन्त्रण बाहिर जाने गरेको उनले जानकारी दिए । ‘हामीले सामाजिक दुरी को लागि चिन्ह बनाउनेदेखि आन्तरिक सुरक्षामा पनि ध्यान त दिएका छौं। तर सेवाग्राहीको भीड धेरै हुँदा समस्या देखा परेको छ,’उनले भने ।

लकडाउनको कारण धेरै सेवाग्राहीले आफ्नो सवारी चालक अनुमतीपत्र नविकरण, सवारी कर तथा नविकरण लगायतका काम गर्न नपाएपछि बाग्मती प्रदेश सरकारले यो अवधीमा म्याद सकिनेको लागि भदौ मसान्तसम्म कुनै पनि प्रकारको जरिवाना नलाग्ने निणर्य गरेको थियो।पछि निषेधआज्ञाको कारण सेवा रोकिएपछि कार्यालयहरुमा अहिले सेवाग्राहीको भीड बढेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपिएलः सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलमा
२०८३ मंग्सिर १, मंगलबार
मधेसमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको अनुगमन, सुधारमा जोड
२०८३ मंग्सिर १, मंगलबार
हिमालय आँखा अस्पतालको सेवा अब व्यास नगरपालिकामा
२०८३ मंग्सिर १, मंगलबार
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व
२०८३ मंग्सिर १, मंगलबार
मन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच शिष्टचार भेट
२०८३ मंग्सिर १, मंगलबार
सहकारी ठगी मुद्दामा अध्यक्ष नेपालीसहित सात जनालाई कैद र जरिवाना
२०८३ मंग्सिर १, मंगलबार
करको दर होइन, आर्थिक गतिविधि बढाउनुपर्छ : मुख्यमन्त्री थापामगर
२०८३ मंग्सिर १, मंगलबार