काठमाण्डौं । इङलिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनह्याम हस्पर्सले क्रिस्टल प्यालेसलाई १–० गोलअन्तरले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलमा टोटेनह्यामले पहिलो हाफमै निर्णायक गोल गर्दै महत्वपूर्ण तीन अंक हात पारेको हो ।
खेलको पहिलो हाफको ४२औँ मिनेटमा टोटेनह्यामका ग्रेले उत्कृष्ट फिनिसिङ गर्दै एकमात्र गोल गरेका थिए । गोलपछि दुवै टिमले आक्रामक खेल प्रस्तुत गर्दै गोलका अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।
यो जितसँगै टोटेनह्यामले लिगका १८ खेलबाट २५ अंक जोड्दै तालिकाको एघारौँ स्थानमा उक्लिएको छ । पछिल्ला खेलहरूमा सुधारिएको प्रदर्शन देखाउँदै आएको टोटेनह्यामका लागि यो जित आत्मविश्वास बढाउने खालको बनेको छ ।
यता, खेलमा राम्रो प्रदर्शन गरे पनि गोल गर्न नसक्दा क्रिस्टल प्यालेसले हार व्यहोर्नुपर्यो । प्यालेस १८ खेलबाट २६ अंकसहित लिग तालिकाको नवौँ स्थानमा रहेको छ । हारका बाबजुद टोलीले खेलमा देखाएको प्रतिस्पर्धात्मक प्रदर्शन भने प्रशंसनीय मानिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया