मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

केएनपी नेरोलेक महिला भलिबल पुस २३ देखि

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं, १५ पौष । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा ‘नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ यही पुस २३ देखि सञ्चालन हुने भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा २६ गतेसम्म हुने प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गराइने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए ।

प्रतियोगितामा तीन विभागीय टोली (नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपीएफ) सहित न्यु डायमन्ड युथ स्पोट्र्स क्लब र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने यस संस्करणको कुल पुरस्कार राशि १३ लाख रुपैयाँ रहेको छ । आयोजकको अनुसार विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

त्यस्तै, विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जनही २५ हजार र प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । साथै, उद्घाटनका अवसरमा एक राष्ट्रिय महिला खेलाडीलाई ५० हजार रुपैयाँसहित विशेष सम्मान गरिने परम्परालाई यसपटक पनि निरन्तरता दिइनेछ ।

नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले मुख्य प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । कन्ट्री हेड मिश्रले प्रतियोगिताको उँचाइ बढ्दै गएकाले संस्थाले बजेट विनियोजनलाई प्राथमिकता दिएको बताए ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरे । सुरक्षा र जोखिम व्यवस्थापनका लागि आयोजकले हरेक खेलाडी र प्राविधिक टोलीका सदस्यहरूको ५ लाख रुपैयाँ बराबरको बिमा गरिएको जानकारी दिएको छ ।

राखेप, बागमती प्रदेश खेलकुद विकास परिषद् र विभिन्न कर्पोरेट हाउसहरूको सहयोगमा सञ्चालन हुने यस प्रतियोगिताले महिला खेलाडीहरूको सशक्तीकरण र क्षमता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

२०७२ सालदेखि सुरु भएको यस प्रतियोगिताको इतिहासमा सुरुका ६ संस्करण एपीएफले जितेको थियो भने सातौंमा न्यु डायमन्ड र गत संस्करणमा नेपाल प्रहरी च्याम्पियन बनेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने
२०८३ मंग्सिर ३, बिहिबार
चालु आवको तीन महिनाः मुद्रास्फीति ६.३७ प्रतिशत
२०८३ मंग्सिर ३, बिहिबार
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार